२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पाल्हीनन्दन अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन, अध्यक्ष गुप्ताद्धारा उद्घाटन्

२०७८ चैत्र २३, बुधबार प्रकाशित ( साल अघि) ८९३ पाठक संख्या

मोहन पौडेल
परासी, २३ चैत । पश्चिम नवलपरासीकोक पाल्हीनन्दन अस्पतालमा औषधि पसल (फार्मेसी) सेवा उद्घाटन गरिएको छ । अस्पतालको लगानीमा सञ्चालनमा ल्याईएको फार्मेसी सेवाको आज एक कार्यक्रमकाबीच पाल्हीनन्दन गाउँपालिका अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले उद्घाटन गर्नुभएको हो ।
यो सँगै अव पाल्हीनन्दन अस्पतालमा विधिवत रुपमा फार्मेसी सञ्चालनमा आएको छ । उक्त अवसरमा गाउँपालिका अध्यक्ष गुप्ताले ग्रामिण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिन स्थापना गरिएको यस अस्पतालको पूर्वाधार विकास र सेवा सुधारका लागि गाउँपालिका सदैव तयार रहेको बताउनुभयो ।
यहाँका नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने अवस्थाको अन्त्य गर्दै अव औषधीको पनि सहज उपलब्धताका लागि फार्मेसी सेवा सञ्चालन गरिएको उहाँले बताउनुभयो । फार्मेसीबाट सुलभ र सस्तो मूल्यमा औषधि बिक्री हुने उहाँले बताउनुभयो ।
अस्पतालका निमित्त मेसु डा.राजकुमार गुप्ताले छोटो समयमै अस्पतालको सेवा विस्तार हुँदै गएको भन्दै यस क्षेत्रका नागरिकको मन जित्ने गरी काम गरिरहेको बताउनुभयो । फार्मेसीमा निःशुल्क र सशुल्क दुवै प्रकारका औषधी पाईने भन्दै उहाँले सशुल्क पाईने औषधी पनि सहुलियतदरमा उपलब्ध गराईने बताउनुभयो । अस्पतालको सेवा गुणस्तरीय हुँदै गएपछि पछिल्लो समय यस अस्पतालमा बिरामीको चाप र विश्वास बढ्दै गएको अस्पतालकी स्वास्थ्यकर्मी रेनु कार्कीले बताउनुभयो ।महेश्वर गुप्ताको सञ्चालन रहेको उक्त कार्यक्रममा पूर्वराज्यमन्त्री घनश्याम यादव लगायत स्थानीयको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%६%१%१%

प्रतिक्रिया दिनुहोस