२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सरकारले सम्झौता कार्यान्वयन गर्नुपर्छ, उधारो आश्वासन मान्दैनौ – महन्थ ठाकुर

२०७८ चैत्र २२, मंगलबार प्रकाशित ( साल अघि) ५५९ पाठक संख्या

मोहन पौडेल/रासस
परासी, २२ चैत । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गर्नुभएको छ । उहाँले उधारो आश्वासन नमान्ने भन्दै नगदमै कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)स्थित पाल्हीनन्दन–५ गेरमीमा पार्टीको जिल्ला समितिले आज आयोजना गरेको बिशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले भन्नुभयो, “हाम्रा माग सम्बोधनका लागि सबै प्रधानमन्त्रीसँग सम्झौता भएको छ, वर्तमान सरकारसँग पनि सम्झौता कार्यान्वयनका लागि कुरा भईरहेको छ, सकरात्मक जवाफको प्रतिक्षामा छौँ, उधारो आश्वासन मान्दैनौ”
मधेस आन्दोलनको क्रममा धेरै कार्यकर्तालाई झुटा मुद्दा लगाईएको भन्दै उहाँले भन्नुभयो, “ओली प्रधानमन्त्री हुँदा १३९ जना रिहा भएका थिए, बाँकीलाई पनि विना शर्त रिहा गर्नुपर्छ, सम्झौता कार्यान्वयन नभएसम्म सङ्घर्ष जारी रहन्छ”
नेता ठाकुरले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै असन्तुष्टि जनाउनुभयो । नागरिकता नहुँदा मधेसका हजारौँ नागरिकले समस्या भोगिरहेकाको भन्दै नागरिकता विद्ययक छिटो अघि बढाउन उहाँले माग गर्नुभयो ।
वरिष्ठ नेता राजेन्द्र महत्तोले मधेस र मधेसी नागरिक माथि अझै पनि भेदभाव रहेको जिकिर गर्नुभयो । मधेसका अधिकार प्राप्त नभएसम्म सङ्घर्ष जारी राख्नुको विकल्प नभएको उहाँले बताउनुभयो । लोसपाका जिल्ला अध्यक्ष मुकुर गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यकारीणी सदस्य अनिल झा, सर्वेन्द्रनाथ शुक्ला, एकबाल शाह, निलम यादव, केन्द्रीय सदस्य हैदर अलि मोमिन, पुरन चौधरी लगायतले सम्बोधन गर्नुभएको जिल्ला सचिव रामज्ञा पाण्डेले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस