२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

नवलपरासीका ८७ हजार बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाईने

२०७८ चैत्र २०, आईतबार प्रकाशित ( साल अघि) ५६६ पाठक संख्या

मोहन पौडेल
परासी,२० चैत । टाईफाईड रोगको संक्रमण र यसबाट हुने जटिलता न्युनीकरण गर्न पश्चिम नवलपरासीका बालबालिकालाई टाईफाईड बिरुद्धको खोप लगाईने भएको छ।
१५ महिनादेखि १५ वर्षमुनिका ८६ हजार ९६४ बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
यो रोग उनसुकै उमेर समुहका ब्यक्तिहरुलाई हुनसक्ने भएपनी १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई ११ प्रतिशत बढी देखिएकोले यो समुहलाई खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
कार्यालयको आयोजनामा आज परासीमा आयोजित टाईफाईड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाईफाईड खोपको शुरुवात सम्बन्धि जिल्ला खोप समन्वय समिति र सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले टाईफाईडबाट बच्नको लागि थाईपोईड खोप लगाईने र यो भारतमा उत्पादित खोपको प्रभावकारिता ९६.९५ प्रतिशत रहेकोले डर नमानी खोप लगाउन सकिने बताउनुभयो।
विद्यार्थीहरुको वार्षिक परीक्षा भएकोले बैशाख पहिले नै अर्थात यही चैत २२ गतेदेखि चैत मसान्तसम्म खोप अभियान सकिने उहाँले बताउनुभयो ।
लक्षित वर्ग ८० प्रतिशत विद्यालयमा हुने भएकोले खोप केन्द्रको रुपमा निजी तथा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखिएको छ भने समुदाय स्तरमा र खोप सेवा सञ्चालनमा रहेका स्वास्थ संस्थाहरुमा गरि ३२२ वटा खोप केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ।
दुशित पानीको कारणले लाग्ने टाईफाईड, अस्पताल भर्ना हुनेको कारण मध्य चौथो कारण भएकोले अभियान नै शुरु गरेर कार्यक्रम गर्न लागिएको कार्यालयका देवीलाल पौडेलले बताउनुभयो ।
उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय,प्रमुख जिल्ला अधिकारी श्रवण पोखरेल लगायतले बोल्दै अभियानको क्रममा लक्षित वर्गका कुनै पनि नागरिक खोपबाट नछुटुन भनेर सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभएको कार्यालयका लेखा अधिकृत नारायण भट्टराईले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस