२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

चुनावमा एमालेसँग एक्लै भिड्ने आँट कुनै पार्टीमा छैन् – राष्ट्रिय युवा संघ अध्यक्ष पौडेल

२०७८ चैत्र १८, शुक्रबार प्रकाशित ( साल अघि) ११८३ पाठक संख्या

परासी, १८ चैत । राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले एमालेसँग चुनावमा एक्लै भिड्ने आँट कुनै पार्टीसँग नभएको ठोकुवा गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपाल सुस्ता गाउँपालिका कमिटीले आज पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा आयोजना गरेको बृहत युवा भेलालाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले कांग्रेस समेत एमालेसँग डराएर गठबन्धन गर्ने अवस्थामा पुगेको जिकिर गर्नुभयो ।
नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका पौडेलले आगामी चुनावमा प्रचण्ड र माधव नेपालको पार्टी एक्ला एक्लै चुनाव लड्दा एक सिट पनि नआउने बताउँदै अहिलेको चुनावमा प्रचण्ड र माधव नेपाल भन्दा शेर बहादुर देउवालाई एमालेसँग डर रहेको दाबी गर्नुभयो ।
उहाँले कांग्रेस र माओवादी केन्द्रले एमाले विरुद्ध छरिरहेका भ्रमलाई चिर्न युवाहरुलाई आग्रह गर्दै उहाँले एमालेको वास्तविक काम र नीतिलाई जनतामाझ लैजाने जोड दिनुभयो । संस्थागत रुपमा भ्रष्टाचारको विजारोपण गर्ने पार्टी र्काग्रेस भएको बताउँदै नेता पौडेलले आगामी स्थानीय चुनावमा सुस्ता गाउँपालिकाका प्रमुख उपप्रमुख तथा सबै वडामा एमालेले जित्ने गरी परिचालन हुन युवाहरुलाई आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस