२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

शनिबारदेखि सुनवलमा नवचण्डी महायज्ञ, विश्वकै ठूलो हनुमानको मूर्तिसहित गौशला निर्माण गरिने

२०७८ चैत्र १७, बिहिबार प्रकाशित ( साल अघि) १४७७ पाठक संख्या

मोहन पौडेल
परासी, १७ चैत । छाडा गाईवस्तु व्यवस्थापनका लागि गौशला निर्माण गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सुनवलमा नवचण्डी महायज्ञ हुने भएको छ । यही चैत १९ गते शनिबारदेखि चैत २७ गते सम्म सुनवल चौराहास्थित चिनीमिल सिगेट अगाडि महायज्ञ आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
नव चण्डी महायज्ञ मूल आयोजक समितिले आज सुनवलमा पत्रकार सम्मेलन गरी महायज्ञबारे जानकारी गराएको हो । समितिका संयोजक दीपक ढकालले महायज्ञको लागि पूर्व तयारी तीव्र रुपमा भईरहेको जानकारी दिनुभयो ।
महायज्ञबाट संकलित रकमबाट सुनवलमा गौशाला निर्माण हुनेछ । गौशलामा सुनवलदेखि बुटवलसम्मका छाडा गाईवस्तुको व्यवस्थापन गरिने संंयोजक ढकालले बताउनुभयो । गौशलासँगै त्यस क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित गौशला भित्रै विश्वकै सबैभन्दा ठूलो हनुमानको मूर्ति, भैरवको मूर्ति,१२ फिट अग्लो पत्थरको शिवलिङ्ग,९ फिट अग्लो दुर्गा माता चण्डीको पत्थरको मूर्ति निर्माण गरी धार्मिक पर्यटकीय केन्द्र बनाउने महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।
गौशला निर्माणका लागि सुनवल नगरपालिकाको वडा नं. १ र ४ को सीमानामा पर्ने बेलारीमा सुनवल नगरपालिकाले २५ हेक्टर जग्गा उपलब्ध गराएको संयोजक ढकालले बताउनुभयो । नेपालकै नमूना धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिने यस स्थलमा वार्षिक एक लाख पर्यटक भित्राउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
महायज्ञमा दश महा विद्या सिद्ध पुरुष महामण्डेलेश्वर १००८ सद्गुरुदेव स्वामी श्री श्री राहुलेश्वरानन्द गिरीको प्रत्यक्ष उपस्थिति र आर्शिवादमा यज्ञ सञ्चालन हुने नव चण्डी महायज्ञ मुल आयोजक समितिका सहसंयोजक प्रेम ढकालले जानकारी दिनुभयो । यज्ञ अवधिभर दैनिक हवन पुजन हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%७%१%१%१%

प्रतिक्रिया दिनुहोस