२०८१ मंसिर १०, सोमबार
24 खबर अपडेट

क्षेत्री समाजद्धारा परासीको गणेश शंकर मन्दिरलाई १३११३ रुपैँया हस्तान्तरण

२०७८ चैत्र १६, बुधबार प्रकाशित ( साल अघि) ७४३ पाठक संख्या

परासी, १६ चैत । क्षेत्री समाज नेपालले परासीको गणेश शंकर मन्दिरलाई नगद सहयोग गरेको छ । क्षेत्री समाज नेपाल जिल्ला कार्य समिति नवलपरासी र रामग्राम नगर कार्य समितिले आज परासीको गणेश शंकर मन्दिरलाई रु १३ हजार ११३ नगद हस्तान्तरण गरेको हो ।
मन्दिर संरक्षण समितिले सञ्चालन गरिरहेको भूमिदान आर्थिक संकलन अभियान अन्र्तगत क्षेत्री समाजले पनि सहयोग गरेको हो । क्षेत्री समाजका जिल्ला अध्यक्ष मनोज कुमार कार्कीको नेतृत्वमा गएको टोलीले मन्दिरका संयोजक कृष्णप्रसाद भट्टराईलाई उक्त रकम हस्तान्तरण गरेको अध्यक्ष कार्कीले बताउनुभयो । मन्दिर संरक्षण, व्यवस्थापन तथा विकासमा सहयोग गरेको जिल्ला अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस