२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

स्वाठीमा माओवादी केन्द्रको सम्पर्क कार्यालय उद्घाटन,जनताको काम गर्ने पार्टी माओवादी-न्यौपाने

२०७८ चैत्र १६, बुधबार प्रकाशित ( साल अघि) १७५८ पाठक संख्या

परासी, १६ चैत । नेकपा माओवादी केन्द्रले पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं.९ स्थित स्वाठी चोकमा पार्टी सम्पर्क कार्यालय स्थापना गरेको छ । सम्पर्क कार्यालयको आज एक समारोहकाबीच उक्त पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य सुर्यप्रसाद न्यौपानेले उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै नेता न्यौपानेले जनताको काम गर्ने पार्टी माओवादी केन्द्र भएको बताउनुभयो । उहाँले माओवादीको नेतृत्वमा सुनवलमा शिक्षा, खानेपानी लगायतका क्षेत्रमा भईरहेका उदाहरणीय कार्यलाई मुल्यांकन गरेर माओवादीले गर्ने कार्य जानकारी लिन आग्रह गर्नुभयो । आफूहरुले गरेको काम देखेर प्रतिक्रियावादी डराएको उहाँको जिकिर थियो ।
सुनवल ९ का वडाध्यक्ष एवं माओवादी केन्द्रका नेता कन्हैया थारुले आफू माओवादीबाट चुनाव जित्ने सुनवलको एक्लो जनप्रतिनिधि भएको बताउँदै पार्टीले अवसर दिए फेरि एकपटक दोहोरीएर नमूना काम गर्र्ने ईच्छा रहेको बताउनुभयो ।
माओवादी केन्द्र सुनवल नगर प्रवक्ता भोला पराजुलीले यसपटकको स्थानीय निर्वाचनमा सुनवल नगर माओवादीमय हुने जिकिर गर्नुभयो । पार्टीमा रहेका चरम अवसरवादीहरु बाहिरिएसँगै पार्टीलाई जिम्मेवार ढंगलले हाक्न सक्ने नेतृत्व आएकोले यस पटक माओवादीले भारी मतका साथ जनताको मन जित्ने दाबी गर्नुभयो ।
पार्टीका वडा अध्यक्ष भीमबहादुर रुचालको अध्यक्षता तथा प्रदेश सदस्य न्यौपानेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रदेस सदस्य बुद्धन अलि, सुनवल नगर कमिटी अध्यक्ष खड्ग बस्नेत, उपाध्यक्ष मिलन गुरुङ्,सत्तार मिया, वडा अध्यक्ष कन्हैया थारु लगायतको सहभागिता रहेको प्रवक्ता भोला पराजुलीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस