२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

कामना सेवा विकास बैंक परासी शाखाद्धारा वित्तीय साक्षरता प्रदान

२०७८ चैत्र ११, शुक्रबार प्रकाशित ( साल अघि) ९४४ पाठक संख्या

परासी, ११ चैत । पश्चिम नवलपरासीको परासीस्थित पाल्ही बहुमुखी क्याम्पस जीतपुरमा कामना सेवा विकास बैंक लिमिटेड परासी शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई बैंकिङ प्रणालीबारे जानकारी दिँदै बैंकिङ सेवा लिन सहज र सरल होस् भन्ने उद्देश्यले वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको उक्त बैंकले जनाएको छ ।
कार्यक्रममा परासी शाखाका प्रमुख अखलेश कुमार अग्रहरीले बैंकिङ ज्ञान नहुँदा    विद्यार्थीहरुले पाउने सुविधादेखि बैंकिङ प्रयोगको महत्वसमेत घट्ने हुँदा बैंकले यस किसिमको अभियान सञ्चालन गरेको बताउनुभयो ।  विद्यार्थी, प्राध्यापक लगायतकाको सहभागिता रहेको उक्त कार्यक्रमबाट अभिभावकसम्म यस किसिमको साक्षरता पुग्ने अपेक्षा गरेको शाखा प्रमुख अग्रहरीले बताउनुभयो ।
उक्त अवसरमा क्याम्पस प्रमुख कैलाश ठाकुरले विद्यार्थीहरुलाई बैंकिङ ज्ञान दिएर व्यवहारिक शिक्षा प्रदान गरेको भन्दै बैंकलाई धन्यवाद व्यक्त गर्नुभयो । कामना सेवा विकास बैंकले वित्तीय साक्षरता सहित सामाजिक उत्तरदायित्व सम्बन्धी  काम नियमित गर्दै आईरहेको जनाएको छ ।  राष्ट्रिय विकास बैंकको पहिचान बनाएको कामना सेवा विकास बैंकमा हाल ५लाख भन्दा बढी ग्राहक छन् भने देशभर १३३ भन्दा बढी शाखा रहेको उक्त बैंकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस