२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सुनवलमा एमालेको नगर पार्टी कार्यालय स्थापना, केन्द्रीय सदस्य खनालद्धारा उद्घाटन

२०७८ चैत्र ७, सोमबार प्रकाशित ( साल अघि) १००४ पाठक संख्या

परासी, ७ चैत । नेकपा एमालेकी केन्द्रीय सदस्य एवं नवलपरासी जिल्ला ईन्चार्ज सरिता खनालले समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न तीनै तहमा एमालेले नै जित्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले सुनवल नगर पार्टी कार्यालयको आज सुनवलमा उद्घाटन गर्दै नेतृ खनालले एमालेको नेतृत्व बिना मुलुक समृद्ध हुन नसक्ने जिकिर गर्नुभयो ।
एमाले सरकारमा हुँदा देशैभरी विकासको लहर छाएकोमा अहिलेको गठबन्धन सरकार आएपछि देशमा विकासको कुनै गतिविधि नभएको र सरकार सत्ता टिकाउनमा मात्र व्यस्त रहेकोले पनि अहिलेको सरकारबाट समृद्धि सम्भव नभएको बताउनुभयो । उहाँले एमालेसँग मात्र मुलुकको विकास र समृद्ध बनाउने भिजन रहेकोले सुनवल नगरपालिकामा प्रमुख, उपप्रमुखसहित सबै वडामा र नेपालका तीन वटै सरकारमा एमालेको नेतृत्व आउनुपर्ने उहाँको भनाई थियो ।
एमाले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीले आगामी स्थानीय चुनाव नजिकिँदै गरेकोले एमालेलाई सबै क्षेत्रबाट जिताउन सबै नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । मुलुकको आमूल परिवर्तन र सुखी नेपालीको सपना पूरा गर्न एमालेकै नेतृत्व अपरिहार्य रहेको अधिकारीले बताउनुभयो ।
एमाले सुनवल नगर कमिटी अध्यक्ष दुर्गा नारायण सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य भगवती भण्डारी, जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, उपसचिव राजन कुमार आचार्य, जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय ईन्चार्ज दधिराम अर्याल, जिल्ला सचिवालय सदस्य एव नगर ईन्चार्ज सुर्य दुवे,जिल्ला सचिवालय सदस्य एवं उद्याग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, महाधिवेशन प्रतिनिधि लेखनाथ खरेल, पूर्व नगर कमिटी अध्यक्ष ओम पुन लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नगर उपाध्यक्ष सुरज अर्यालको स्वागत र सचिव मुरली गौतमको सञ्चालन रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस