२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नवलपरासीमा नेपाल मुस्लिम ईतेहाद संगठनको संगठन विस्तार अभियान तीव्र

२०७८ चैत्र ६, आईतबार प्रकाशित ( साल अघि) ५१० पाठक संख्या

मोहन पौडेल
परासी, ६ चैत । नेपाल मुस्लिम ईतेहाद संगठन पश्चिम नवलपरासीले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । प्रथम जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्य समिति निर्वाचित भएर आएपछि संगठन विस्तारलाई जिल्ला व्यापी बनाईएको संगठनले जनाएको छ ।
हालसम्म पश्चिम नवलपरासीका सात मध्ये चार पालिकामा पनि संगठनको पालिका स्तरीय अधिवेशन गरी नेतृत्व चयन गरिएको संगठनका जिल्ला अध्यक्ष रियाल अन्सारीले जानकारी दिनुभयो ।
आज प्रतापपुर गाउँपालिकामा पालिका स्तरीय कमिटी गठन भएको छ । आज भएको संगठनको प्रथम पालिका अधिवेशनबाट अजि मुल्लाह मियाको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको छ। नवगठित कमिटीको उपाध्यक्षमा साकिर अलि, सचिवमा सम्सुदिन मिया, कोषाध्यक्षमा उसबुन नेशा लगायत रहनुभएको छ ।
संगठनका जिल्ला अध्यक्ष अन्सारीको अध्यक्षता तथा नेकपा एमालेका नेता खेमनारायण चौधरीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको थियो । यसअघि शनिबार बर्दघाटमा पनि संगठनको नगर स्तरीय कमिटी गठन भएको थियो ।
संगठनका जिल्ला अध्यक्ष अन्सारीको अध्यक्षता तथा एमाले बर्दघाट नगर अध्यक्ष रबीन्द्र विक्रम हमालको प्रमुख आतिथ्यमा भएको नगर अधिवेशनले रमजान अलिको अध्यक्षतामा १७ सदस्यीय नगर कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा अलिसेर दवान, सचिवमा मौलना अख्तर मिया, कोषाध्यक्षमा खैरुन नेशा लगायत रहनुभएको छ ।
संगठनले यसअघि फागुन ३० गते सरावल र चैत २ गते पाल्हीनन्दनमा पनि पालिका स्तरीय कमिटी गठन गरेको जिल्ला अध्यक्ष अन्सारीले बताउनुभयो । गत चैत २१ गते पाल्हीनन्दनको बेलाशपपुरमा भएको प्रथम जिल्ल अधिवेशनले रियाज अन्सारीको अध्यक्षतामा नेपाल मुस्लिम ईतेहाद संगठनको ४५ सदस्यीय जिल्ला कमिटी गठन गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस