२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

रामग्राम जेसीजद्धारा होली मिलन समारोह मार्फत शुभकामना आदानप्रदान

२०७८ चैत्र ३, बिहिबार प्रकाशित ( साल अघि) १०४४ पाठक संख्या

परासी, ३ चैत । आपसी सद्भाव र एकताको प्रतिक मानिने होली पर्वको अवसरमा रामग्राम जेसीज परासीले होली मिलन समारोह आयोजना गरि शुभकामना आदानप्रदान गरेको छ ।
परासीमा आज आयोजित उक्त कार्यक्रममा सहभागीहरुले सामूहिक रुपाा रंग दल्दै एक आपसमा शुभकामना साटासाट गरेका थिए ।
रामग्राम जेसीज वर्ष २०२२ का अध्यक्ष अनिल उपाध्यायको अध्यक्षता तथा रामग्राम नगरपालिकाकि उपमेयर रम्भा कुँवरको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुँवरले नेपालीको उल्लासपूर्ण चाड होली पर्वका अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगति र उत्रतिका लागि शुभकामना व्यक्त गर्नुभयो ।
होली पर्व असत्य माथि सत्यको विजयको प्रतीक भएकोले शान्ति र सद्भाव फैलाउने उमङ्गको रङ्गिलो होली पर्वले आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने विश्वास व्यक्त गर्नुभयो ।
आध्यात्मिक रुपमा जोडिएको यश पर्वलाई जोगाउन रामग्राम जेसीजले महत्त्वपूर्ण भूमिका खेलेको पनि उहाँले बताउनुभयो ।
नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरीले होली पर्वले वर्षभरि एक आपसमा भएका तिता पलहरुलाई भुलाएर आपसी भाईचारा र आत्मियता बढाउने गरेको बताउँदै सप्तरंगी जस्तै सबैको जीवन सुखमय रहोस् भनी शुभकामना व्यक्त गर्नुभएको थियोे ।
रामग्राम-६ का वडा अध्यक्ष जितेन्द्र अग्रहरीले परापूर्व कालदेखि मनाउँदै आएको यश पर्वको अवसरमा आपसी सद्भाव, एकता र सहिष्णुताको कामना गर्नुभएको थियोे ।
रामग्राम जेसीजका अध्यक्ष अनिल उपाध्यायले होली पर्वको शुभकामना व्यक्त गर्दै रामग्राम जेसीले हरेक वर्ष होली मिलन समारोह गर्दै आएको र अहिले पनि निरन्तरता दिएको बताउनुभयो ।
होली पर्वको लोकप्रियतालाई बचाइ राख्न कसैलाई पनि ईच्छा विपरीत रङ नलगाउन, कसैलाई पनि दुर्व्यवहार नगर्न र अवाञ्छित क्रियाकलाप नगर्न, नगराउनु हुन उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली,रामग्राम महिला जेसीजका अध्यक्ष अनिता दवाडी तिवारी,महिला जेसीजका पूर्व अध्यक्ष लक्ष्मी क्षेत्री,एम्नेष्टी ईण्टरनेशनल समूह ३१ का पूर्व अध्यक्ष विजय जयसवाल,समाजसेवी बसन्त पराजुली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
रामग्राम जेसीजका महासचिव बेनीमाधव बस्यालको सञ्चालन,उपाध्यक्ष एवं कार्यक्रम संयोजक मुकेश चौहानको स्वागत र सहकोषाध्यक्ष निरज ज्ञवालीको आस्था पाठ रहेको थियोे । यस वर्षको होली पर्व पहाडी जिल्लामा आज चैत ३ गते र तराईमा भोलि चैत ४ गते मनाइदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस