२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पु¥याउँदै सुस्ता गाउँपालिका

२०७८ चैत्र २, बुधबार प्रकाशित ( साल अघि) ७४७ पाठक संख्या

मोहन पौडेल
परासी, २ चैत । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने भएको छ । पालिका भित्रका ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने उद्देश्यसहित गाउँपालिकाले ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा विस्तार कार्यक्रमको घोषणा गरेको हो ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका पालिका भित्रका ७० वर्ष माथिका सवै ज्येष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिने गरी यो कार्यक्रम ल्याईएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
गाउँपालिकाले स्वास्थ्यकर्मी परिचालन गरी ज्येष्ठ नागरिकको सुगर, ज्वरो, रक्तचाप लगायतका रोगको जाँच गर्ने र जटिल प्रकारका रोगी भेटिए स्वास्थ्य संस्थामा जाने सल्लाह दिईने अध्यक्ष पाण्डेले बताउनुभयो । आगामी दिनमा रक्तचाप, मधुमेह लगायतका रोगका बिरामीलाई औषधी पनि उपलब्ध गराईने अध्यक्ष पाण्डेले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमार्फत महिनाको दुई पटक घरमै पुगेर ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताउनुभयो । गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनका लागि कार्यविधि नै पारित गरेको छ । सेवामा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक झोला र स्वास्थ्य सामग्रीसहितको किट प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष पाण्डेको अध्यक्षता तथा १०३ वर्षीय ज्येष्ठ नागरिक सीताराम यादवको प्रमुख आतिथ्यमाा भएको घोषणा कार्यक्रममा वडा नं २ का वडाध्यक्ष कृष्णलाल मुखिया, वडा नं ४ का अध्यक्ष अशोक गुरुङ्ग,प्रमुख प्रशासकीय अधिकृत पौडेल, स्वास्थ्य शाखा संयोजक निर्मला कुशवाहा लगायतले बोल्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस