२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

पशुपन्छीको अवैद्य चोरीपैठारी नियन्त्रणमा सरोकार पक्ष सबैको भूमिका महत्वपूर्ण

२०७८ फागुन २७, शुक्रबार प्रकाशित ( साल अघि) ९३० पाठक संख्या

मोहन पौडेल
परासी, २७ फागुन । भारतीय सीमावर्ती क्षेत्रबाट अवैद्य रुपमा हुने गरेको पशुपन्छीको चोरीपैठारी नियन्त्रणका लागि सरोकारवाला सबै पक्षको भूमिका महत्वपूर्ण हुनेमा जोड दिईएको छ। पशु क्वारेन्टाईन कार्यालय भैरहवाको आयोजनामा आज भैरहवामा पश्चिम नवलपरासी, रुपन्देही र कपिलवस्तुका सरोकारवालाबीच भएको अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन् ।
भारतसँग जोडिएका तीनै जिल्लाबाट अवैद्य रुपमा पशुपन्छीको चोरी पैठारी हुने गर्दा बर्डफ्लु लगायतका रोग भित्रिएको भन्दै यसको नियन्त्रणमा एक अर्कालाई दोष लगाउनुभन्दा सम्बद्ध सबै सरोकारवाला पक्षले आ्आफनो भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा सहभागिहरुले जोड दिएका छन् ।
पशु क्वारेन्टाईन सम्बन्धि ऐन, नियम, मापदण्डको विषयमा भएको उक्त अन्र्तक्रिया कार्यक्रममा सहभागि व्यवसायीहरुले लुम्बिनी प्रदेशमा पशु जाँचका लागि प्रयोगशाला नहुँदा समस्या भएको पनि बताएका थिए । उनीहरुले पशुपन्छीको ढुवानी मापदण्ड अनुकुल नभएको, झन्झटिलो प्रक्रियाले किसानले राहत पाउन नसकेको,चल्लाको न्यूनतम मूल्य नतोकिँदा चोरी पैठारी नियन्त्रणमा आउन नसकेको, स्थानीय उत्पादनले बजारीकरण पाउन नसकेको तथा चोरीपैठारी नियन्त्रण कसरी गर्ने भन्ने विषयमा ठोस काम नभएको दाबी गरेका थिए ।
कर्यक्रममा पशु सेवा विभागका महानिर्देशक लेखराज दाहालले पश्चिम नवलपरासी, रुपन्देही र कपिलवस्तु तीनै वटै जिल्ला वर्डफ्लुको उच्च जोखिममा रहेकोले पशुपन्छीको ओसारपसारमा निगरानी बढाउन आग्रह गर्नुभयो । अहिलेसम्म नौ वटा जिल्लामा बर्डफ्लु देखिसकेकोले प्रहरी, प्रशासन, व्यवसायी र आम उपभोक्ता सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
महानिर्देशक दाहालले लुम्बिनी प्रदेशमा छिट्टै प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याउन पहल गरिरहेको बताउँदै राहत प्रक्रियालाई सरलीकरण गर्ने प्रक्रिया अघि बढेको बताउनुभयो । पशुपन्छीको ढुवानी मापदण्ड समानुकुल बनाउने पहल थालिएको बताउनुभयो ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले चोरीपैठारी नियन्त्रणमा प्रहरी प्रशासन लागिरहेको तर प्रहरी प्रशासनले मात्र चाहेर नरोकिने भएकोले सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लामा नक्कली पशुपालकको विगबिगी र जिल्लाबाहिरका पशु चिकित्सकले क्वारेन्टाईनको प्रमाणपत्र दिने गरेकोले नियन्त्रणमा समस्या भएको तरपनि चोरीपैठारी नियन्त्रणमा प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा पशुपन्छी विकास मन्त्रालयका सहसचिव द्धय माधव अर्याल, सुर्य पौडेल, नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी, चक्रपाणी पाण्डे, तीन वटै जिल््रलाका सुरक्षा निकायका प्रमुखहरु, पशु, अण्डा तथा ह्याचरी व्यवसायीहरु लगायतको सहभागिता रहेको पशु क्वारेन्टाईन चेक पोष्ट महेशपुरका प्रमुख शोभाखर ज्ञवालीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस