२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सामाजिक न्याय सहितको समतामूलक समाज निर्माणमा सबै महिला एकजुट हुनुपर्छ – प्रदेशसभा सदस्य भण्डारी

२०७८ फागुन २४, मंगलबार प्रकाशित ( साल अघि) ५१७ पाठक संख्या

परासी, २४ फागुन । लुम्बिनी प्रदेशसभा सदस्य भगवतीदेवी भण्डारीले सामाजिक न्याय सहितको समतामूलक समाज निर्माणका लागि सबै महिला एकजुट हुनुपर्ने बताउनुभएको छ । ११२ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज सरावलमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य भण्डारीले महिलाहरुले नेतृत्व गर्न डराउन नहुने बताउनुभयो ।
उहाँले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीको कार्यान्वयनसँगै अब विभेदरहित, लैंगिक समानता, समान अधिकार भए मात्र दीगो विकासमा टेवा पुग्ने बताउँदै सबै महिलाले रिस, राग, प्रतिशोध,पूर्वाग्रह त्याग गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिका स्तरीय महिला सञ्जालकी अध्यक्ष मिना चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले महिला आफ्नो अधिकारका लागि सचेत हुनुपर्ने बताउनुभयो । उहाँले महिला अधिकार रक्षाका लागि गाउँपालिका सदैव तत्पर रहेको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष उत्तमा रायले महिलाहरु आर्थिक रुपमा सबल नभएसम्म समान अधिकार र सम्मान प्राप्त हुन नसकेको बताउनुभयो । उहाँले निर्णय प्रक्रियामा महिलाको सहभागिता सुनिश्चिता हुनुपर्नेमा जोड दिनुभयो ।
सरावल गाउँपालिकाको,स्ट्रोम फाउण्डेशन,एबीसी नवलपरासी, केयर नेपाल, बेस नेपाल, सुआहाराको आर्थिक सहयोग र महिला सञ्जालको आयोजनामा कार्यक्रम गरिएको एबीसी नेपालकी सुपरभाईजर साईदा नेसाले बताउनुभयो । कार्यक्रममा लक्ष्मी नारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बासा र ओम कारेश्वर आमा समूह बासाबसहीको पनि सहकार्य र सहभागिता थियो ।
उक्त अवसरमा सरावल १ का वडाध्यक्ष भेषनारायण चौधरी,कार्यपालिका सदस्य छिमादेवी राय, एबीसी नेपालका क्षेत्रीय प्रमुख मनोज लामिछाने, पत्रकार उमेश बिक लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस