२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सयपत्री साकोसद्धारा निःशुल्क प्रजनन् स्वास्थ्य शिविर ,करिब १०० महिलाहरु लाभान्वित

२०७८ फागुन २४, मंगलबार प्रकाशित ( साल अघि) ७९५ पाठक संख्या

सुनवल, २४ फागुन । सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनवलको आयोजनामा एक दिने प्रजनन् स्वास्थ्य सम्बन्धि शिविर सुनवल–३ आसामीटोलमा सम्पन्न भएको छ । ११२ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सयपत्री साकोसले स्थानीय जागृति आमा समूहको सहयोगमा शिविर सञ्चालन गरेको हो ।
आज भएको उक्त शिविरबाट सुनवल नगरपालिकाका विभिन्न स्थानका ९२ जना महिलाहरु लाभान्वित भएको सयपत्री सहकारीका व्यवस्थापक टीकाराम तिमिल्सिनाले जानकारी दिनुभयो । शिविरमा महिलाको पाठेघर क्यान्सरको परीक्षण गरिनुका साथै पाठेघर खस्ने समस्याको पहिचान, पाठेघरको मुखमा मासु पलाएको र फिस्टुलाको परीक्षण तथा स्त्री रोगहरुको सम्बन्धमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर सुर्यप्रसाद रिमालले आवश्यक परामर्श प्रदान गर्नुभएको थियो ।
महिला उपसमिति संयोजक भूमिकला शर्माको अध्यक्षता तथा सहपत्री सहकारीका अध्यक्ष कृष्णप्रसाद पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । समाजमा आर्थिक रुपान्तरणको अभियानलाई तीव्र रुपमा अगाडि वढाईरहेको सयपत्री साकोसको आयोजनामा पछिल्ल्ला दिनमा विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै स्वच्छ सक्षम र साक्षर वित्तिय वातावरणको लागि अत्याधुनिक वैंकिङ सुविधासहितको करिव तीन हजार ५००सय सेयर सदस्यहरु मार्फत आफ्नो गुणस्तरीय वित्तीय तथा गैरवित्तीय सेवा प्रवाह गरीरहेको संस्थाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस