२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

प्रेस चौतारी पश्चिम नवलपरासीद्धारा महिला पत्रकारलाई कानुनी अनुशिक्षण

२०७८ फागुन २४, मंगलबार प्रकाशित ( साल अघि) ५६१ पाठक संख्या

मोहन पौडेल
परासी, २४ फागुन । प्रेस चौतारी नेपाल पश्चिम नवलपरासी शाखाले श्रमिक महिला पत्रकारको लागि महिला कानुन सम्बन्धि अनुशिक्षण कार्यक्रम गरेको छ । ११२ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज परासीमा उक्त कार्यक्रम गरिएको हो ।
नेपालको संविधानमा महिलाका हक अधिकार र कानुनी व्यवस्थाको जानकारी गराउँदै यसको प्रयोग र कार्यान्वयनमा जोड दिन महिला पत्रकारलाई महिला कानुन सम्बन्धि अनुशिक्षण प्रदान गरिएको प्रेस चौतार िनेपाल नवलपरासीका अध्यक्ष मेघराज गौतमले बताउनुभयो ।
महिलाहरु हरेक क्षेत्रमा सशक्त हुनका लागि कानुनी ज्ञान आवश्यक रहेको उहाँले बताउनुभयो । यस किसिमको कार्यक्रमले महिला पत्रकारको क्षमता अभिवृद्धि र शसक्तीकरणमा टेवा पुग्ने विश्वास गरिएको चौतारीका अध्यक्ष गौतमको भनाई थियो ।
कार्यक्रममा अधिवक्ता एवं प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनकी केन्द्रीय सदस्य सरस्वती शर्माले सहजीकरण गर्दै सविधान तथा फौजदारी र देवानी संहिता ऐनमा भएका महिला सम्बन्धि कानुनी व्यवस्था, हिंसा पीडित महिलाको कानुनी अधिकार,उपचार, सजाय, न्याय लगायतका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवलाय सदस्य एवं रामग्राम नगर ईन्चार्ज धनपत यादवले महिलाहरुले आफूमाथि हुने हिंसा लुकाएर राख्न नहुनेमा जोड दिनुभयो । उहाँले पत्रकारिता मार्फत महिला अधिकारको विषयमा सचेतना जगाउन आग्रह गर्दै तालिममा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
उक्त अवसरमा नेकपा एमालेका जिल्ला सदस्य एवं प्रेस चौतारीका ईन्चार्ज नारायण पाण्डे, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश सचिव बेनीमाधव बस्याल, नेपाल पत्रकार महासंघकी जिल्ला सदस्य ईन्दिरा विक, प्रेस चौतारीकी जिल्ला सदस्य लक्ष्मी अर्याल, पत्रकार रेनुका चौधरी लगायतले बोल्दै श्रमिक महिला दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस