२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रेडक्रस सोसाइटी परासी उपशाखाको सभापतिसहित सबै पदमा निर्विरोध

२०७८ फागुन २०, शुक्रबार प्रकाशित ( साल अघि) १००२ पाठक संख्या

परासी, २० फागुन । नेपाल रेडक्रस सोसाईटी परासी उपशाखाको सभापतिमा अवधेस यादव निर्वाचित हुनुभएको छ ।
सभापति पदका लागि बिहीबार अवधेश कुमार यादव, सन्दिप अग्रहरी,बसन्तराज शर्मा पराजुली र कन्हैयालाल राजभरले उम्मदेवारी दर्ता गराउनुभएकोमा शुक्रबार अग्रहरी,पराजुली र राजभरले उम्मेदवारी फिर्ता लिनुभएको हो । तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि सभापतिमा यादव निर्विरोध निर्वाचित हुनुभएको हो ।
११ सदस्यीय कार्यसमितिको उपसभापतिमा सीता कुंवर, सचिवमा सुरज यादव, कोषाध्यक्ष घुरहु यादव, उपसचिवमा चन्द्रप्रकाश गुप्ता र उपकोषाध्यक्षमा ओमप्रकाश गुप्ता यसअघि नै सर्वसम्मत चयन हुनुभएको थियो ।
एक महिला सहित पाँच सदस्य पदमा छ जनाको उम्मेदवारी परेकोमा अमित अग्रहरीले फिर्ता लिएपछि सदस्य पनि सर्वसम्मत भएको छ । सदस्यमा रमेश प्रसाद यादव, डोलराज डुम्रे,राधिका पौडेल,पुष्पा खनाल(महिला सदस्य) र रामकुण्डल यादव विजयी हुनुभएको छ ।
२३ गते लाई चुनाव तोकिए पनि आजै सर्वसम्मत समिति चयन भएको हो । आधिकारिक घोषणा भने निर्वाचन कार्यक्रम अनुसार नै हुने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%२%१%१%

प्रतिक्रिया दिनुहोस