२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्रामका स्वास्थ्यकर्मीलाई क्याल्सियम चक्की वितरण सम्बन्धि अभिमुखिकारण

२०७८ फागुन १८, बुधबार प्रकाशित ( साल अघि) ४८५ पाठक संख्या

परासी, १८ फागुन । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई गर्भवति महिलाहरुलाई क्याल्सियम चक्की बितरण कार्यक्रम सम्बन्धि अभिमुखिकरण गरेको छ । सुआहारा बेश नेपालको सहकार्य तथा रामग्राम नगरपालिका स्वास्थ्य शाखाको आयोजनमा आज नगरका विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई अभिमुखिकरण गरिएको हो ।
नगरपालिकाले ९० दिन पुरा भएका गर्भवती महिलाहरुलाई निःशुल्क क्याल्सियम चक्की बितरण गदै आएको छ । उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन अभिमुखिकारण गरिएको सुक्रौली स्वास्थ्य चौकीका प्रमुख बलराम सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै नगर उपप्रमुख रम्भा कुवँरले आमा तथा गर्भमा भएको बच्चाको स्वास्थ्यको लागि क्याल्सियमा चक्की अत्यावश्यक रहेको बताउनुभयो । आमा र बच्चाको सुस्वास्थ्यका लागि क्याल्सियमा चक्की नियमीत सेवन गर्न जरुरी रहेको बताउदै उहाँले यो कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुको योगदान र जिम्मेवारी महत्वपूर्ण हुने बताउनुभयो ।
उक्त अवसरमा नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य सहायक सुरज हरिजन र सुआहारा बेश नेपालकी पोषण अधिकृत निर्मला भण्डारीले सहजीकरण गर्नुभएको थियो भने स्वास्थ्य चौकीका प्रमुख,फोर्कल प्रर्सन र सरोकारवा लगायतको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस