२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीका भट्टराई लुम्बिनी विकास कोषको सदस्यमा नियुक्त

२०७८ फागुन १७, मंगलबार प्रकाशित ( साल अघि) १६८७ पाठक संख्या

परासी, १७ फागुन । पश्चिम नवलपरासीका युवा प्रकाश भट्टराई लुम्बिनी विकास कोषको सदस्यमा नियुक्ती हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को फागुन ५ गतेको बैठकले उहाँलाई कोषको सदस्यमा नियुक्त गरेको हो ।
सरकारले पाँच वर्षका लागि उहाँलाई सदस्य नियुक्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका उपसचिव टेकनारायण पौडेलले जानकारी दिनुभयो । सरावल गाउँपालिका २ निवासी भट्टराई नेकपा एकिकृत समाजवादी पश्चिम नवलपरासीका सहसचिव एवं उक्त पार्टी निकट युवा संघको केन्द्रीय सचिव हुनुहुन्छ ।
पश्चिम नवलपरासीमा रहेको भगवान् गौतम बुद्धको उत्खनन् नभएको सिंगो अस्तुधातु रहेको रामग्राम स्तुप सहित यहाँका बुद्धस्थलको विकासका लागि आफूले विशेष पहल गर्ने भट्टराईले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%२%

प्रतिक्रिया दिनुहोस