२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

भूपू सैनिक तथा प्रहरी संगठन पश्चिम नवलपरासीको प्रथम जिल्ला अधिवेशन सम्पन्न

२०७८ फागुन ९, सोमबार प्रकाशित ( साल अघि) ९१२ पाठक संख्या

परासी, ९ फागुन । नेकपा एमाले निकट नेपाल राष्ट्रि«य भूपू सैनिक तथा प्रहरी संगठन पश्चिम नवलपरासीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । सुनवलको वनकट्टीमा सम्पन्न उक्त संगठनको जिल्ला अधिवेशनले लुमाकान्त भुसाल अध्यक्ष रहने गरी ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
नवगठित कमिटीको उपाध्यक्षमा लालबहादुर विक, सचिवमा टेकबहादुर थापा, सहसचिवमा पर्शुराम यादव लगायत रहनुभएको निर्वाचन कमिटी सदस्य भोजराज पौडेलले जानकारी दिनुभयो ।
नेकपा एमालेका जिल्ला कमिटी सदस्य एवं भुपु सैनिक तथा प्रहरी संगठनका ईन्चार्ज पञ्चराम चौधरीको अध्यक्षता तथा एमाले केन्द्रीय पोलिटव्युरो सदस्य एवं लुम्बिनी प्रदेश सहईन्चार्ज पूर्वमन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन समारोह भएको थियो ।
प्रमुख अतिथि चौधरीले भुपु सैनिक तथा प्रहरी अनुशासित र अनुभवले खारिएको जनशक्ति भएकोले समाज र समग्र राष्ट्रले लाभ लिन सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफूमा भएको अनुभवलाई समाज रुपान्तरण र विकासमा सहयोग गर्न आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य एवं प्रदेशसभा सदस्य भगवती भण्डारी, पार्टीका जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, उपसचिव राजन कुमार आचार्य, संगठनका केन्द्रीय सदस्य डिबी अधिकारी, पार्टीका जिल्ला सदस्य थमनसिंह नेपाली, केशव भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस