२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

दमकलको मर्मत सम्भार गर्न र लापरवाही गर्नेलाई कारवाही गर्न उपभोक्ता हित संरक्षण मञ्चको माग

२०७८ फागुन ५, बिहिबार प्रकाशित ( साल अघि) ५४८ पाठक संख्या

परासी,५ फागुन । रामग्राम नगरपालिकामा दुई वटा दमकल हुँदा पनि आगलागी नियन्त्रणको लागि प्रयोगमा आउन नसकेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपाल पश्चिम नवलपरासीले आपत्ति जनाएको छ ।
मञ्चले आज रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेमार्फत नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै दमकलको नियमित मर्मत सम्भार गरी राख्न र दमकलमा पानी समेत नराखि लापरवाही गर्ने कर्मचारीलाई कारवाही गर्न माग गरेको हो ।
पत्रमा भनिएको छ, “जिल्लाकै पूरानो नगरपालिकाम दुई वटा दमकल हुँदा पनि नियमित मर्मत सम्भार नगरी राखिनु र आगलागी नियन्त्रण कार्यमा प्रयोग हुन नसक्नु गम्भीर लापरवाही हो, आगलागीका घटना जुनसुकै समयमा हुने भएकोले दमकललाई उचित मर्मत सम्भार गरी चुस्त दुरुस्त राख्नुपर्छ,यसमा गल्ती गर्नेलाई कारवाही होस्”
मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, जिल्ला सचिव मोहन पौडेल र रामग्राम नगर अध्यक्ष यमकुमारी सुवेदीद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा दमकल चुस्त नराखिएकोमा आपत्ति जनाउँदै लापरवाही नगर्न सचेत गराईएको छ ।
गत फागुन २ गते परासीस्थित सनम एग्रोभेट र यदुवंशी फेन्सी पसलमा आगलागि हुँदा लाखौँको क्षति भएको थियो । रामग्राम नगरपालिकाको दमकलले समयमै सेवा दिन नसक्दा ठूलो क्षति हुन पुगेको स्थानीयवासीको गुनासो छ । उपभोक्ता हित संरक्षण मञ्चले आगलागि पीडितलाई राहतको व्यवस्था गर्न तथा दमकलको मर्मत सम्भार गरी जुनसुकै बेला प्रयोगमा ल्याउन सक्ने गरी चुस्त बनाईराख्न माग गरेको केन्द्रीय सदस्य ज्ञवालीले बताउनुभयो ।
ध्यानाकर्षण पत्र बुझ्दै रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले लापरवाही गर्ने कर्मचारीलाई स्पष्टीकरण सोधिएको बताउनुभयो । उहाँले दमकलको नियमित मर्मत सम्भार गरी चुस्त अवस्थामा राख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस