२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सरावलस्थित बसही खेलमैदानमा पूर्वाधार निर्माण शुरु,पूर्वमन्त्री चौधरीद्धारा शिलान्यास

२०७८ फागुन ३, मंगलबार प्रकाशित ( साल अघि) १०५२ पाठक संख्या

मोहन पौडेल
परासी, ३ फागुन । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं.१ स्थित बसही खेलमैदानमा पूर्वाधार निर्माण हुने भएको छ । लुम्बिनी प्रदेश सरकारको रु २८ लाखको लागतमा खेलमैदानमा पूर्वाधार निर्माण शुरु गरिएको हो ।
लुम्बिनी प्रदेश स्थापना दिवसको अवसर पारी आज उक्त खेलमैदान र पूर्वाधार निर्माण कार्यको लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य बैजनाथ चौधरीले शिलान्यास गर्नुभयो । उहाँले सरावलको बासा र आसपासका क्षेत्रमा रहेका खेलाडीलाई प्रोत्साहन गर्न र नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्याउन समेत बसही खेलमैदानलाई व्यवस्थित गर्न पूर्वाधार निर्माणको लागि आफूले पहल गरेर बजेट विनियोजन गरेको बताउनुभयो ।
उहाँले यसै कार्यको लागि पुनः बजेट विनियोेजन गर्न नसकिने भन्दै तोकिएको समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो । नेता चौधरीले मगरमुढाहामा कर्भडहल, जावामा विपश्ना केन्द्रका लागि सरकारसँग पहल गरी बजेट विनियोजन गराएको जानकारी दिनुभयो । पूर्वमन्त्री चौधरीले प्रदेश स्थापना दिवसको अवसरमा सम्पूर्ण प्रदेशवासीलाई शुभकामना पनि दिनुभयो ।
बसही खेलमैदान पूर्वाधार निर्माण उपभोक्ता समितिका अध्यक्ष ऋषिकेश चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भगवति भण्डारीले स्थानीय खेलाडिको मनोबल बढाउन प्रदेस सरकारमार्फत खेलमैदानका लागि बजेट विनियोजन भएकोले पूर्वाधार निर्माणपछि खेलाडिलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
समितिका अध्यक्ष ऋषिकेश चौधरीले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सौगात सामुदायिक विकास प्रतिष्ठानका अध्यक्ष एवं एन्फाका जिल्ला सल्लाहकार नारायण पाण्डेले करिब ३० वर्षपछि यो खेलमैदान व्यवस्थित हुन लागेको भन्दै खुशी व्यक्त गर्नुभयो । करिब साढे २ विघा क्षेत्रफलमा फैलिएको यो जग्गा स्थानीय बसन्त युवा क्लवबले संरक्षण गर्दै आएको छ ।
कार्यक्रममा समाजसेवी सुखाडी चौधरी,सौगात सामुदायिक विकास प्रतिष्ठानका अध्यक्ष नारायण पाण्डे, उपभोक्ता समितिका सचिव राजकुमार चौधरी, सल्लाहकार विष्णुप्रसाद चौधरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । आगामी चैत मसान्त भित्र उक्त खेलमैदानमा प्याराफिट, चेन्जीङ् रुम, कार्यालय भवन र खेलमैदानको पाँच सय मिटरमा तारजाली लगाउने गरी सम्झौता भएको सव ईन्जिनियर उमेश गोतामले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस