२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

आगलागी पीडित व्यवसायीलाई उद्योग वाणिज्य संघले रु एक लाख राहत सहयोग गर्छ – अध्यक्ष भण्डारी

२०७८ फागुन ३, मंगलबार प्रकाशित ( साल अघि) १२२१ पाठक संख्या

परासी, ३ फागुन । नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले परासीका आगलागी पीडित व्यवसायीलाई रु एक लाख राहत सहयोग गर्ने बताउनुभएको छ ।
गएराति रामग्राम ५ स्थित सनम एग्रोभेट र यदुवंशी फेन्सी स्टोरमा आगलागी हुँदा लाखौँको क्षति भएको थियो । आज बिहान आगलागी भएको स्थलको अवलोकन गर्दै अध्यक्ष भण्डारीले तत्कालै उद्योग वाणिज्य संघको तर्फबाट राहत दिने घोषणा गर्नुभएको हो ।
आगलागीबाट व्यवसायीले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । अन्य निकायबाट पनि पीडित व्यवसायीलाई राहत दिनुपर्ने उहाँले माग गर्नुभयो ।
आगलागीबाट यदुवंशी फेन्सी स्टोरको रु ३० लाख बराबर र सनम एग्रोभेटको करिब रु ८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । एग्रोभेट पसलबाट शुरु भएको आगो छेउको फेन्सी पसलमा पनि लागेको थियोे । बन्द अवस्थामा रहेको दुवै सटरमा आगलागी हुनुको कारण खुल्न नसकेको र अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
रामग्राम नगरपालिकाको दमकलको लापरवाहीले समयमै आगो नियन्त्रणमा लिन नसक्दा ठूलो क्षति भएको व्यवसायीको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%६%

प्रतिक्रिया दिनुहोस