२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

परासीमा एग्रोभेट र फेन्सी पसलमा आगलागी हुदाँ लाखौंको क्षति

२०७८ फागुन २, सोमबार प्रकाशित ( साल अघि) २६८२ पाठक संख्या

मोहन पौडेल
परासी, २ फागुन । पश्चिम नवलपरासीको परासीमा आज साँझ आगलागी हुदाँ ठूलो क्षति भएको छ । रामग्राम – ५ कालिका टोल स्थित लिटिल प्लान्ट स्कुलको पश्चिम तर्फको दुईतले घरमा आगलागी भएको हो ।
साँझ करिब पौने ८ बजे भएको आगलागीबाट एग्रोभेट पसल र फेन्सी पसलका सामान जलेर पूर्ण रुपमा ध्वस्त भएको छ ।
आगलागीबाट यदुवंशी फेन्सी स्टोरको रु ३० लाख बराबर र सनम एग्रोभेटको करिब रु ८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।
एग्रोभेट पसलबाट शुरु भएको आगो छेउको फेन्सी पसलमा पनि लागेको थियोे । बन्द अवस्थामा रहेको दुवै सटरमा आगलागी हुनुको कारण खुल्न नसकेको र अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।
दुवै पसल केही दिन अघिमात्र सञ्चालनमा आएको बताईएको छ । नेपाल प्रहरी,नेपाली सेना र शसस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ ।
आगलागी नियन्त्रणको लागि रामग्राम नगरपालिकाको दमकल बोलाईएकोमा शुरुमा पानी नभएको र भरेर आएपछि पनि फोर्स फोहोरा फाल्न नसकेपछि स्थानीय आक्रोशित भिडले तोडफोडको प्रयास गरेको थियो ।
बर्दघाट नगरपालिकाबाट आएको दमकललाई पनि स्थानीयले तोडफोड गरेका थिए । करिब आगो नियन्त्रणमा आईसकेपछि दमकल आएको भन्दै तोडफोड गर्दा बर्दघाटको दमकलको सिसा फुटेको छ भने चालक दुर्गा लामिछानेलाई सामान्य चोट लागेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%१४%१%

प्रतिक्रिया दिनुहोस