२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

जसपा पश्चिम नवलपरासीका जिल्ला सचिव मियासहित जसपाका ३५ जना कार्यकर्ता एमालेमा प्रवेश

२०७८ माघ २८, शुक्रबार प्रकाशित ( साल अघि) १७६३ पाठक संख्या

परासी, २८ माघ । जनता समाजवादी पाटीं(जसपा) नेपाल पश्चिम नवलपरासीका जिल्ला सचिव अमिरुल्लाह मिया नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आज परासीस्थित एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाका जिल्ला सचिव मियाको नेतृत्वमा ३५ जना जसपाका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको उक्त पार्टीले जनाएको छ ।
नेविसंघबाट राजनीति शुरु गर्नुभएका मिया नयाँ शक्ति हुँदै पछिल्लो पटक जसपामा आवद्ध हुनुहुन्थ्यो । उहाँ २०७४ को स्थानीय निर्वाचनमा तत्कालिन नयाँ शक्ति पार्टीबाट रामग्राम नगरपालिकाको मयर पदको उम्मेदवार रहनुभएको थियो ।
आज मियासँगै जसपाका जिल्ला सदस्य बिना सहानी, रामग्राम २ को वडा कमिटी संयोजक वीरेन्द्र भरसहित वडा कमिटीका अधिकांश नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको नेता अमिरुल्लाह मियाले जानकारी दिनुभयो ।
नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई नेकपा एमालेका केन्द्रीय पोलिटव्युरो सदस्य एवं पुर्वमन्त्री बैजनाथ चौधरी, एमाले जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारी, प्रदेश कमिटी सदस्य भगवती भण्डारी लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।
एमाले प्रवेश गर्नुभएका नेता मियाले जसपा फुटको संघारमा पुगेको र मेधसी आदिवासी जनजातिका मुद्धा भन्दा मन्त्री बन्न मात्र नेताहरु लागिपरेकोले जसपा परित्याग गरेको बताउनुभयो । मधेसी,मुस्लिम लगायत पछाडि परेका समुदायको उत्थान र यो मुुलुकको विकास र समृद्धि एमालेबाट मात्रै सम्भव देखेकोले आफू एमालेमा प्रवेश गरेको नेता मियाको भनाई थियो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य बैजनाथ चौधरीले एमालेको लक्ष्य नै विकास र समृद्धि भएको बताउँदै समृद्धिको अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो । एमाले नेतृत्वको सरकार हुँदा लुम्बिनी प्रदेशसहित मुलुकभरी नै विकासको लहर छाएको तर अहिलेको गठबन्धन सरकार आएपछि विकास नै अवरुद्ध भएको नेता चौधरीको भनाई थियो ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीसहित यस क्षेत्रमा सडक, पुलपुलेसा, खानेपानी, विद्युत, अस्पताल लगायतको विकासमा एमालेको सरकारले बजेट विनियोजन गरी विकासको लहर ल्याएको बताउँदै एमाले नेता चौधरीले समृद्धिका लागि अवको तीनै तहको निर्वाचनमा एमालेलाई जिताउन आग्रह गर्नुभयो ।
एमाले जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारीले एमाले नेतृत्वको सरकारले अघि बढाएका विकासका कार्यहरु सरकार परिवर्तनसँगै अवरुद्ध रहेको बताउँदै वर्तमान गठनबन्धन सरकार विकास विरोधी र जनताको पक्षमा काम गर्न नसक्ने सरकारको रुपमा स्थापित भएको बताउनुभयो । आफ्नो गाउँ र सिंगो मुलुककै विकास गर्न र जनतालाई सुखी बनाउन एमालेले नै जित्नुपर्ने अध्यक्ष अधिकारीको भनाई थियो।
एमाले रामग्राम वडा नं. २ कमिटीका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले जिल्ला सदस्य धनपत यादव, यमकुमारी सुवेदी, रामग्राम नगर सदस्य नानुकुमारी खड्का, नवप्रवेशी अमिरुल्लाह मिया लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%६%३%३%

प्रतिक्रिया दिनुहोस