२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

मोटरसाईकल र स्कुटर ठक्कर खाँदा एकको मृत्यु, चार घाईते

२०७८ माघ १८, मंगलबार प्रकाशित ( साल अघि) २४५ पाठक संख्या

मोहन पौडेल
परासी, १८ माघ / नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुस्तामा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर छ ।
जिल्लाको सुस्ता गाउँपालिका—२ हरकपुरा स्थित भित्री सडक खण्डमा स्कुटर र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १८ प ८६०५ नम्बरको स्कुटर र विपरित दिशाबाट आउँदै गरेको यूपी ५६ एएन ७२३५ नम्बरको मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकल चालक भारतको महाराजगञ्ज आनन्दनगर फरेन्दा बजार बस्ने १९ वर्षीय अरविन्द चमारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाईते चमारको उपचारको क्रममा सहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
सोही मोटरसाईकलको पछाडि सवार सोही स्थान वस्ने ३५ वर्षीय कलवती चमार र १९ वर्षीय रामकरण चमार, स्कुटर चालक बर्दघाट नगरपालिका—१५ वस्ने १८ वर्षीय अमृत सुनार, स्कुटरको पछाडि सवार सोही स्थान बस्ने १७ वर्षीय निर्मल तामाङ घाईते भएका छन् । सामान्य घाईते कलवती र रामकरणको सहीद स्मृत्ति सामुदायिक अस्पताल चौपत्ता तथा गम्भीर घाईते सुनार र तामाङको मेडिकल कलेज भैरहवामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस