२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

बर्दघाट—१५ तेलाहाको सिंगो गाउँ नै एमालेमा प्रवेश, विकास र समृद्धि एमालेबाटै पूरा हुने विश्वास

२०७८ माघ १४, शुक्रबार प्रकाशित ( साल अघि) १३७१ पाठक संख्या

परासी, १४ माघ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १५ स्थित तेलाहा गाउँ नै एमाले प्रवेश गरेपछि राजनीतिक तरंग पैदा भएको छ । विकास र समृद्धिको काम पूरा गर्न सक्ने पार्टी एमाले मात्रै रहेको बताउँदै गाउँका अधिकांश व्यक्तिहरु एमालेमा प्रवेश गरेपछि सिंगो गाउँ नै एमालेमय बनेको हो ।
नेकपा एमाले पश्चिम नवलपरासीले आज तेलाहामा आयोजना गरेको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमको अवसरमा गाउँका अगुवा, युवा, महिला लगायत सिंगो गाउँका वासिन्दा नै एमालेमा प्रवेश गरेको एमाले जिल्ला सचिव एवं बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।
गाउँको विकासमा स्थानीय वडाका जनप्रतिनिधिले चासो नलिएको भन्दै आक्रोसित गाउँलेहरुले कांग्रेस, माओवादी लगायत पार्टी परित्याग गर्दै एमालेले मात्रै गाउँको विकास गर्न सक्ने भएकोले पार्टी प्रवेश गरेको बताएका थिए ।
गाउँलेहरुलाई एमाले केन्द्रीय पोलिटव्युरो सदस्य बैजनाथ चौधरी, प्रदेश कमिटी सचिवालय सदस्य भगवती भण्डारी, तुलसी पासी, जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारी,जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, जिल्ला सचिव धीरज शर्मा बस्याल, उपसचिव द्धय राजन कुमार आचार्य, रिंगला यादव लगायतका नेताहरुले स्वागन तथा पार्टी प्रवेश गराउनुभएको थियो ।
सोही अवसरमा युवराज गुरौको संयोजकत्वमा एमालेको टोल कमिटी पनि गठन गरिएको एमाले उपसचिव राजन आचार्यले बताउनुभयो । उक्त अवसरमा गाउँलेहरुले गाउँको सडक, ढल, विद्युत, खानेपानी, जग्गा, पुल लगायतका पूर्वाधार निर्माणका लागि पहल गरिदिन एमाले नेताहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागि नेकपा एमालेका केन्द्रीय पोलिटव्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमन्त्री बैजनाथ चौधरीले तेलाहा गाउँको विकासमा एमालेले साथ दिने बताउनुभयो ।
उहाँले आफू मन्त्री हुँदा यहाँको विकास योजनाको विषयमा कसैले पनि पहल नगर्दा गाउँ पछाडि परेको भन्दै नगरपालिका र प्रदेशबाट हुन सक्ने सहयोग गर्न एमाले तयार रहेको बताउनुभयो ।
उहाँले एमालेका तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको पालाबाट आफ्नो गाउँ आफै बनाऔँ भन्ने नाराका साथ गाउँ गाउँमा बजेट पठाउन शुरु भएको स्मरण गर्दै तेलाहा गाउँसहित समग्र मुलुकको विकास र समृद्धिका लागि एमालेले अगुवाई गरिरहेकोेले सबै गाउँवासीलाई एमालेमा समाहित हुन आग्रह गर्नुभएको थियो ।
पार्टीका जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीेले उक्त वडामा एमालेले नजितेकै कारणले विकासमा पछाडि परेको बताउँदै अव एमालेले विकासको अगुवाई गर्ने बताउनुभयो । पार्टी प्रवेश गरेका सबैलाई उचित जिम्मेवारी दिने बताउँदै उहाँले स्थानीय समस्या समाधान गर्दै गाउँको विकासका लागि एमालेले सहयोग गर्ने बताउनुभयो ।
बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले यस गाउँको जग्गा समस्या छिट्टै समाधान हुने बताउँदै गाउँको वारिपारी जोड्ने गरी मन्दिरसम्मको सडक निर्माणका लागि प्रदेश सरकारसँगको साझेदारीमा यसै वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँको सामुदायिक भवनका लागि आवश्यक सामग्री पनि उपलब्ध गराउने जानकारी दिनुभयो ।
एमाले नेता थर्कबहादुर सारुको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला सदस्य रामप्रसाद अर्याल, युवराज डुम्रे, प्रदीप सुवेदी, युवा संघका प्रदेश कोषाध्यक्ष विष्णु पोखरेल लगायतको पनि सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%६%५%३%

प्रतिक्रिया दिनुहोस