२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

एमाले विनयी त्रिवेणीमा बराल

२०८१ जेष्ठ २८, सोमबार प्रकाशित ( महिना अघि) १७७ पाठक संख्या

शान्ति बिक
दुम्किबास,२८ जेठ । नेकपा एमाले विनयी त्रिवेणी गाँउपालिका कमिटीको अध्यक्षमा राजु बराल सर्वसम्मत चयन हुनु भएको छ ।
दुम्किबासमा सम्पन्न दोस्रो अधिवेशनले बरालको अध्यक्षतामा ६३ सदस्यीय गाउँपालिका कमिटि सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा होम प्रसाद तिमिल्सीना, सचिवमा टुक बहादुर बैदवार तथा उपसचिव द्धयमा विष्णु प्रसाद चौलागाई र सिता गहतराज रहनुभएको छ ।
अधिवेशनले बालकृष्ण शर्माको संयोजकत्वमा लक्ष्मी पुलामी र भेषराज खनाल सदस्य रहेको ३ सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य तिलक महतले देश विकास र परिर्वतनको संवाहक एमाले पार्टि मात्रै भएकोले जनताको विश्वास र भरोसा पनि एमाले पार्टि प्रति अधिक रहेको बताउनुभयो ।
उहाँले नयाँ नेतृत्व सर्वसम्मत चयन गरि पार्टि अनुशासन कायम गर्न आग्रह गर्दै नयाँ नेतृत्वलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस