२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

रामग्रामका सरसफाइकर्मी सम्मानित

२०८१ जेष्ठ २८, सोमबार प्रकाशित ( महिना अघि) १६३ पाठक संख्या

मोहन पौडेल
परासी,२८ जेठ । पश्चिम नवलपरासीको रामग्रामका सरसफाइकर्मी सम्मानित भएका छन् । परासीमा आज आयोजित खानेपानी र सरसफाइ सम्बन्धी अन्तरक्रिया तथा सरसफाइकर्मी सम्मान कार्यक्रममा सदरमुकाम परासी क्षेत्रको फोहोर व्यवस्थापनमा सक्रिय १८ जना सरसफाइकर्मीलाई सम्मान गरिएको हो ।
परासीस्थित सामुदायिक रेडियो परासीले विश्व वातावरण दिवस तथा राष्ट्रिय सरसफाइ सप्ताह साताव्यापी कार्यक्रमका साथ मनाउने क्रममा आज छैँठौँ दिन रामग्राम नगर स्तरीय अन्तरक्रिया आयोजना गरि सरसफाइकर्मीलाई सम्मान गरेको हो । फोहोर उठाउने हातहरुले सम्मान पाउँदा सरसफाइकर्मीहरु उत्साहित देखिएका थिए ।

Sa2

फोहोर व्यवस्थापनको कामलाई सबैले होच्याउने गरेपनि उनीहरुको योगदानले नै नगर सफा हुने गरेकोले सम्मान गरि काममा थप हौसला बढाउने प्रयास गरिएको रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मीले बताउनुभयो । फोहोर संकलन र व्यवस्थापनको कामलाई सम्मान गर्नुपर्ने उहाँले बताउनुभयो । वातावरण संरक्षणमा सरसफाइकर्मीको ठूलो योगदान रहेको रेश्मीले उल्लेख गर्नुभयो ।
कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव, उपप्रमुख सम्झना चौधरी, रेडियोका अध्यक्ष रेश्मी लगायतले सरसफाइकर्मीलाई सम्मान गर्दै टिसर्ट उपहार प्रदान गर्नुभएको थियो । यो वर्ष सरसफाइकर्मीलाई सम्मान गरेर फरक सन्देश प्रवाह गर्न खोजिएको रेडियोका प्रबन्ध निर्देशक मेघराज गौतमले बताउनुभयो । रेडियोले हरेक वर्ष सरसफाइ सप्ताह जिल्लामा विभिन्न रचनात्मक कार्यक्रम गरि मनाउँदै आएकोमा यो वर्ष पनि दशौँ सस्करणको रुपमा विभिन्न कार्यक्रम गर्दै मनाएको उहाँले बताउनुभयो ।
उक्त अवसरमा परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खगेश्वर पन्थीले परासी क्षेत्रमा खानेपानीको विस्तार, चुनौती, वक्यौता संकलन लगायतका विषयमा सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो । कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष थानप्रसाद गैरेसहित नगर क्षेत्रमा क्रियाशील खानेपानी, सरसफाइ सम्बन्धि सस्था तथा अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको रेडियोका सञ्चालक सदस्य मुक्तिप्रसाद पौडेलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस