२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

विनयी त्रिवेणीमा महिला अधिकार दिवस मनाइयो

२०८१ जेष्ठ १७, बिहिबार प्रकाशित ( महिना अघि) १०८ पाठक संख्या

दुम्किबास,१७ जेठ र “हाम्रो अभियान : आत्म निर्भर छोरीको सम्मान” भन्ने नाराका साथ छैठौं राष्ट्रिय महिला अधिकार दिवस २०८१ विनयी त्रिवेणी गाउँपालिकामा पनि एक कार्यक्रम गरि मनाइएको छ ।
दिवसका अवसरमा अखिल नेपाल महिला संघ (अनेम) विनयी त्रिवेणी गाउँकमिटि नवलपरासी पूर्वले दुम्किबासमा  महिला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ग¥योे ।
अनेम संघ गाउँ कमिटि अध्यक्ष लक्ष्मि पुलामिको अध्यक्षता र जिल्ला कमिटि नवलपरासी पूर्वका सचिव बालु पुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला अधिकारका विषयमा शान्ती बि.क.ले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै अनेम संघ गाउँ कमिटि अध्यक्ष लक्ष्मि पुलामिले २०६३ साल जेठ १६ गते पुनस्र्थापित प्रतिनिधि सभाले महिला अधिकार सम्बन्धी महत्वपुर्ण चार वटा ‘विशेष प्रस्ताव’ पारित गरेको स्मरण स्वरुप दिवस मनाउन लागिएको बताउनुभयो ।
उहाँले ति चार ‘विशेष प्रस्ताव’मा आमा वा बुवा मध्ये एक जनाको नामबाट नागरिकता, कम्तिमा एक तिहाइ (३३%) महिलालाई राज्यका सबै संरचनामा सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिलामाथि हुने हिंसा अन्त्य गरिनुपर्ने रहेको बताउनुभयो ।
अनेम संघ जिल्ला कमिटि नवलपरासी पूर्वका सचिव बालु पुरीले जेठ १६ महिला अधिकारको क्षेत्रमा कार्यरत संघसंस्था, व्यक्ति र सम्पूर्ण महिलाका लागि ऐतिहासिक दिन भएको बताउदै पुनस्र्थापित प्रतिनिधि सभाबाट पारित विशेष प्रस्ताव पुर्ण कार्यान्वयनका लागि दबाव आवश्यक रहेको जिकिर गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस