२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्धारा गणतन्त्र दिवसको शुभकामना

२०८१ जेष्ठ १५, मंगलबार प्रकाशित ( महिना अघि) ८८ पाठक संख्या

परासी,१५ जेठ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले १७ औँ गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै आजको दिन नेपाली जनताको जीत र सामान्ती राजतन्त्रको हार भएको दिनको रुपमा सम्झना गर्नुभयो ।
जनताको बलमा प्राप्त भएको गणतन्त्रले संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशिता सहित जनताका अधिकारलाई मौलिक हकका रुपमा संविधानमा व्यवस्थापन गरिएको बताउँदै प्रदेश प्रमुख शेरचनले नागरिकका यी अधिकारको समुचित उपयोग गर्न र संविधान अनुरुप कर्तव्यको पालना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको विकासका लागि सबै राजनीतिक दलहरुको सुदृढ राष्ट्रिय एकता आवश्यकता रहेको प्रदेश प्रमुख शेरचनले उल्लेख गर्नुभएको छ । बलियो राष्ट्रिय समझदारी र सहकार्यले मात्र जनताले अनुभूत गर्ने गरि समाजवादको सपना पूरा हुन सक्ने बताउँदै उहाँले नेपाली जनतको अपेक्षा अनुसार अघि बढ्न आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस