२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

डोजर लगाएर अतिक्रमित संरचना हटाउँदै बर्दघाट नगरपालिका

२०८१ जेष्ठ १४, सोमबार प्रकाशित ( महिना अघि) ९४ पाठक संख्या

परासी,१४ जेठ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सडक छेउमा अतिक्रमण गरि बनाईएका अस्थाई टहरा हटाएको छ।
बर्षौदेखी सार्बजनिक र बनको जगा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा नगर प्रहरी,नेपाल प्रहरी र जनप्रतिनिधिको संयुक्त टोलिले डोजर चलाएको हो।

पुर्व पश्चिम् राजमार्गस्थित बर्दघाट ४ को बजार क्षेत्रमा डिभिजन बन कार्यालयको जगामा बनाईएका ९ वटा ब्यवसायिक टहरा हटाईएको छ । बर्दघाटको त्रिबेणी चोक दक्षिण तर्फ  बसपार्क क्षेत्रका होटल तथा खाजाघर संचालन रहेका अस्थायी घर टहरा पनि  हटाईएको नगरपालिकाले जनाएको छ ।बसपार्क अघि रहेका १५ वटा अस्थायी टहरा भत्काईने नगरले जनाएको छ ।
यसअघि बर्दघाट नगरपालिकाले सार्बजनिक जग्गामा निर्माण गरिएका संरचना हटाउन ७ दिन समयावधिको सुचना जारी गरेको थियो ।तर अग्रिम सुचना जारी गर्दा समेत संरचना नहटाएको भन्दै नगरपालिकाले अन्ततः डोजर चलाएको हो ।

बसपार्क वरिपरिका संरचना हटाएर सवारिसाधनहरुलाई पार्किङ ब्यवस्थित गरिने नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो । नगरपाकिकाले सार्वजनिक जगा र सम्पतिको संरक्षणका लागि समेत डोजर अभियानलाई निरन्तरता दिने श्रेष्ठले बताउनुभयो।
सार्वजनिक जग्गामा निर्माण गरिएका अबैध संरचना हटाउने कार्यलाई अभियानकै रुपमा अघि बढाईने नगरपालिकाले जनाएको छ ।यता केही साना ब्यवसायिहरुले भने बिकल्प नदिईकनै भत्काउँदा जीकिकोपार्जनमा कठिनाई हुने बताउँदै उपयुक्त बिकल्प दिन समेत नगरपालिकासँग माग गरेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस