२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

बर्दघाटको संसारकोटमा भालुको आक्रमणबाट एक महिला घाईते

२०८१ जेष्ठ १३, आईतबार प्रकाशित ( महिना अघि) १४९ पाठक संख्या

परासी, १३ जेठ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ संसारकोटमा भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते भएकी छिन् । घाइते हुनेमा सोही ठाउँ बस्ने २५ बर्षिया खिममाया खाम्चा रहेको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।
घर नजिकै करिब दुई किलोमिटर पूर्वमा रहेको जंगलमा निउरो टिप्न जाँदा आज दिउँसो साढे १ बजे खाम्चालाई भालुले आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । भालुको आक्रमणबाट उनको अनुहारमा चोट लागेको छ ।
भालुको आक्रमण बाट घाइते भएकी खाम्चाको चिसापानी अस्पताल बर्दघाटमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस