२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

पर्वत–नवलपरासी सम्पर्क समाजको प्रथम अधिवेशन, अध्यक्षमा क्षेत्री

२०८१ जेष्ठ १३, आईतबार प्रकाशित ( महिना अघि) १३५ पाठक संख्या

मोहन पौडेल
परासी, १३ जेठ । पर्वत जिल्लामा जन्म भई पश्चिम नवलपरासीमा बसोबास गर्दै आएका पर्वतेलीहरुको साझा संस्था पर्वत–नवलपरासी सम्पर्क समाजमा नयाँ नेतृत्व चयन भएको छ । समाजको शनिबार बर्दघाटमा सम्पन्न प्रथम अधिवेशनले भरत बहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा ताराबहादुर पाण्डे, महासचिवमा मोहन सापकोटा, कोषाध्यक्षमा लक्ष्मी अधिकारी, सचिवमा पदम बहादुर क्षेत्री निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा युवराज भुसाल, गीता पुरी, यमप्रसाद गुरुङ, दुर्गा कुमारी न्यौपाने, बिमला न्यौपाने, कृष्ण कुमारी तिवारी,कृष्णप्रसाद भुसाल, शिवकुमारी भट्टराई रहनुभएको निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता सुदर्शन पन्तले जानकारी दिनुभयो ।
समाजका संस्थापक अध्यक्ष टेकबहादुर आरसीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नं.१६ का वडा अध्यक्ष भीमकाजी गुरुङले नवलपरासीलाई कर्मथलो बनाएका पर्वतेलीहरु संस्थागत हुनु राम्रो पक्ष रहेको भन्दै समाजलाई सबैको साझा संस्थाको रुपमा अघि बढाउन आग्रह गर्नुभयो । उहाँले नवलपरासीमा बस्दै आएका सबै पर्वतेलीहरुलाई एकिकृत गर्दै एक अर्काको सुख दुःखमा सहभागि हुँदै उदाहरणीय कार्य गर्न पनि जोड दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष क्षेत्रीले पर्वत जिल्लामा जन्म भई विभिन्न पेशा, व्यावसाय तथा अध्ययनको शिलशिलामा नवलपरासी जिल्लामा बस्दै आउनुभएका सबै पर्वतेलीहरुलाई संगठीत गर्दै उनीहरुको हकहित एवं सामाजिक कार्यमा अग्रसर हुँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा समाजका संस्थापक सदस्यहरुलाई सम्मान गरिएको थियो । उक्त अवसरमा संस्थापक सदस्य सोवित पुन, पत्रकार रामु भुसाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस