२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

विनयी त्रिवेणी गाउँपालिकामा आत्मरक्षा तालिम सुरु

२०८१ जेष्ठ ९, बुधबार प्रकाशित ( महिना अघि) १३९ पाठक संख्या

परासी, ९ जेठ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाका किशोरीहरुका लागि आत्म(रक्षा तालिम सुरु भएको छ ।
तालिमको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै गाउँपालिकाका उपाध्यक्ष भगवति बैदवारले तालिमले किशोरीहरुलाई आफुमाथि हुने हिंसाको प्रतिकार गर्न सिप प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
वडा नं।४ का अध्यक्ष साहिल श्रेष्ठले सामान्य सिप हुदाँ पनि किशोरीहरु हिंसाबाट बच्न सक्ने भएकोले तालिम फलदायि हुने दाबी गर्नुभयो ।
अस्थायी प्रहरी चौकी सर्दिका इन्चार्ज धर्मराज थापाले किशोरीहरु माथि हुने हिंसा न्युनिकरणमा तालिमले सहयोग पु¥याउने अपेक्षा व्यक्त गर्नुभयो ।
हिंसामुक्त समुदाय अभियान समितिका अध्यक्ष लक्ष्मी पुलामीले हिंसाबाट बचाउन किशोरीहरुलाई सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।
विनयी त्रिवेणी गाउँपालिकाको सहयोगमा समितिले आयोजना गरेको तालिम वडा नं।१र२ को दुम्किबास, ३,४ र ५ को सर्दि तथा वडा नं।६ र ७ को त्रिवेणीमा ३।३ दिन सञ्चालन हुनेछ ।
तालिममा शान्ति बि।क।, मोहन पल्लिमगर र कविता चौधरीले सहजीकरण गर्ने समितिका सचिव सुनिल खनालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस