२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीको अध्यक्षमा भुसाल निर्वाचित

२०७८ माघ ९, आईतबार प्रकाशित ( साल अघि) २९४ पाठक संख्या

परासी, ९ माघ । आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीको अध्यक्षमा रामु भुसाल निर्वाचित हुनुभएको छ । मञ्चको भुमहीमा सम्पन्न तेस्रो वार्षिक साधरणसभा तथा प्रथम अधिवेशनले भुसालको नेतृत्वमा आगामी तीन वर्षका लागि नयाँ समिति चयन गरेको हो ।
११ सदस्यीय समितिको उपाध्यक्षमा सुमित्रा चौधरी, सचिवमा अमरनारायण चौधरी, सहसचिवमा सुनिता पौडेल, कोषाध्यक्षमा रमेश चौहान तथा सदस्यहरुमा गोपीचन्द हरिजन, पुर्ण चन्द्र (पुरन) अधिकारी, कमला ढकाल, चन्द्रकला राना, राज कुमार शर्मा र यादव नाथ भारती चयन हुनुभएको उक्त संस्थाले जनाएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा मञ्चका जिल्ला अध्यक्ष बल बहादुर थापाको अध्यक्षता तथा संविधानसभा सदस्य विक्रम खनालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि खनालले बैदेशिक रोजगारीका क्रममा भएका घटनाहरूको क्षतिपूर्ति बापत पाईने आर्थिक रकमका लागि सम्बन्धित सरोकारवालाले ऐन–कानुनलाई केही ससोंधन गर्नुपर्ने बताउनुभयो ।
बैदेशीक रोजगारीले समाजमा उत्पन्न हुन सक्ने समस्याहरुको निराकरणका लागि सहि सुचनाले राम्रो भुमिका खेल्ने उहाँको भनाई थियो । नेता खनालले यस सस्थाले बैदेशिक रोजगारीमा रहेका र उनीहरुका परिवारलाई गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो ।
सामी हेल्भेटास नेपालका लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेश संयोजक पंचराम चौधरीले स्थानीय सकार सञ्चालन ऐनमा नै बैदेशिक रोजगार सम्बन्धि प्रष्ट कानुन रहेको बताउदै सोही अनुरुप स्थानीय सरकारले आफ्ना मातहतका क्षेत्रमा बैदेशिक रोजगारीको अवस्थाका बारेमा तथ्यांक संकलन राखि सोही अनुसार सुचना प्रवाह गर्दै आप्mनो पालिकालाई बैदेशिक रोजगारलाई ठगि मुक्त, सिपयुक्त बनाई सुरक्षित पालिका घोषणा तर्फ लाग्नको लागि मञ्चले सहयोग गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा सामी हेल्भेटासका लुम्बिनी प्रदेश कार्यक्रम अधिकृत जियाउल हक, जनप्रतिनिधितर्फ सरावल ५ का वडाध्यक्ष दिनेश सहानी, सरावल वडा नम्बर ६ का वडाध्यक्ष कैलाश यादव, सामी परियोजना पश्चिम नवलपरासीका कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारी, सिटिजन लाइफ इन्स्योरेन्सका शाखा प्रमुख दिपक थापा क्षेत्री लगयातले बैदेशिक रोजगारीमा जाने व्यक्ति स्वयमले सहि सुचना लिएमा मात्र पनि बैदेशिक रोजगारीमा विधमान धेरै समस्याहरुको समाधान हुने बताउनुभयो ।
हरेक वर्ष आप्रवासी कामदार दिवस (१८ दिसम्बर) लाई लक्षित गर्दै मञ्चले सञ्चालन गर्दै आएको सप्ताहाव्यापी कार्यक्रम अन्र्तगत बैदेशिक रोजगारीमा रहेका परिवारलाई सहयोग, न्यायमा पहुँचका लागि सहजिकरण गर्दै बैदेशिक रोजगारीका कारण शिक्षामा प्रभावमा परेका बाल बालिकालाई शैक्षिक सामाग्री र न्यानो लुगा सहयोग गर्दै आईरहेको यस संस्थाले बैदेशिक रोजगारीले उत्पन्न समस्याहरूलाई न्युनिकरण गर्न विभिन्न सचेतना मुलक कार्यक्रम समेत गर्दै आईरहेको र सो कार्यमा हातेमालो गर्दै सहकार्य सहयोग गर्ने व्यक्ति , सघ– संस्थालाई र आजिवन सदस्यहरुलाइ समेत सम्मान पत्र प्रदान गरेको थियो ।
कार्यक्रममा अध्यक्ष थापाले मञ्चको प्रगति प्रतिबेदन तथा आगामी रणनितिकि योजना प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष सुमित्रा चौधरीले आर्थिक बर्ष ०७७, ७८ को कुल ७५ हजार ५ सय रुपिया बराबरको आय ब्यय प्रस्तुत गर्दै आगामी ०७८, ०७९ का लागी ६ लाख ६० हजार बराबरको अनुमानित आय ब्यय विवरण प्रस्तुत गर्नुभएको थियो । मञ्चका उपाध्यक्ष सन्तोष कुमार दुबेको स्वागत तथा सचिव रामु भुषालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस