२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्राम जेसीज २२ औँ शाखा अधिवेशन सम्पन्न, वर्ष २०२२ को अध्यक्षमा उपाध्याय निर्वाचित

२०७८ माघ ९, आईतबार प्रकाशित ( साल अघि) ४१८ पाठक संख्या

परासी, ९ माघ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशील संस्था रामग्राम जेसीज वर्ष २०२२ को अध्यक्षमा अनिल कुमार उपाध्याय निर्वाचित हुनुभएको छ । रामग्राम जेसीजको परासीमा सम्पन्न २१ औँ वार्षिक साधारणसभा तथा २२ औँ शाखा अधिवेशनले उपाध्यायको नेतृत्वमा आगामी एक वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
सर्वसम्मत चयन भएको नयाँ समितिको कार्यकारीणी उपाध्यक्षमा विष्णुराज राव र सन्तोष खनाल, उपाध्यक्षहरुमा दीपेश शर्मा, सुनिल कुमार यादव, मुकेश नारायण लोनिया, हेमन्त चौधरी, सहसचिवमा सोनिका पौडेल र सहकोषाध्यक्षमा निरज ज्ञवाली निर्वाचित हुनुभएको हो ।
रामग्राम जेसीजको विधान अनुसार अध्यक्ष १, कार्यकारीणी उपाध्यक्ष २, उपाध्यक्ष ४, सहसचिव १ र सहकोषाध्यक्ष १ गरी नौ जना निर्वाचित तथा महासचिव, कानूनी सल्लाहकार र कोषाध्यक्ष अध्यक्षबाट मनोनीत हुने व्यवस्था छ । जस अनुसार नवनिर्वाचित अध्यक्ष उपाध्यायले वर्ष २०२२ को महासचिवमा बेनीमाधव बस्याल,कानूनी सल्लाहकारमा मोहन पौडेल र कोषाध्यक्षमा पुरुषोत्तम तिवारीलाई मनोनीत गर्नुभएको छ ।
रामग्राम जेसीज वर्ष २०२१ का अध्यक्ष चन्द्रमणि चौधरीको अध्यक्षता तथा संस्थापक अध्यक्ष श्यामकुमार बस्यालको प्रमुख आतिथ्यमा भएको साधारणसभा तथा अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि बस्यालले युवाहरुको नेतृत्व व्यक्तित्व विकाससँगै समाजमा रामग्राम जेसीजले उदाहरणीय कार्यहरु गर्दै आएको भन्दै खुशी व्यक्त गर्नुभयो । उक्त अवसरमा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरी, रामग्राम जेसीजका पूर्व अध्यक्ष मुक्तिप्रसाद पौडेल, हेल्पिङ हेन्ड्स परासीका अध्यक्ष सञ्जय शर्मा, पत्रकार गौरीशंकर जयसवाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस