२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा एकैदिन ७९ कोरोना संक्रमित, सक्रिय संक्रमित २५९ पुग्यो

२०७८ माघ ६, बिहिबार प्रकाशित ( साल अघि) ३३४ पाठक संख्या

परासी, ६ माघ । पश्चिम नवलपरासीमा आज एकैदिन ७९ जनामा कोरोना संक्रमण पुष्थि मएको छ ।
स्वास्थ्य कार्यालय परासीका अनुसार विगत २४ घण्टामा सुनवल नगरपालिकामा २७, रामग्राम नगरपालिकामा १९, बर्दघाट नगरपालिकामा १७, सरावल गाउँपालिकामा ९, पाल्हीनन्दन गाउँपालिकामा ५, सुस्ता र प्रतापपुर गाउँपालिकामा १÷१ जनालाई कोरोना संक्रमण भएको हो ।
योसँगै पश्चिम नवलपरासीमा सक्रिय संक्रमितको संख्या २५९पुगेको छ । उनीहरु सबै होम आईसोलेशनमा रहेको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । नयाँ भेरियन्टको लहर आएसँगै कोरोनाको कारणले पश्चिम नवलपरासीमा कसैको मृत्यु भएको छैन । तर कोरोनाका कारण जिल्लामा अहिलेसम्म १५९ जनाले ज्यान गुमाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस