२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सुनवल जेसीजमा नयाँ नेतृत्व चयन, अध्यक्षमा थापा

२०७८ माघ ५, बुधबार प्रकाशित ( साल अघि) ६५९ पाठक संख्या

परासी, ५ माघ । पश्चिम नवलपरासीको सुनवलमा युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा क्रियाशील संस्था सुनवल जेसीजमा नयाँ नतृत्व चयन भएको छ । सुनवल जेसीजको सम्पन्न दशौँ शाखा अधिवेशनले वर्ष २०२२ को लागि जमुना थापालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ । थापा यसअघि महासचिव रहनुभएको थियो ।
अधिवेशनले कार्यकारीणी उपाध्यक्ष द्धयमा विनोद पाण्डे र सोमप्रसाद पौडेल तथा उपाध्यक्षहरुमा विश्वास श्रेष्ठ, दीलबहादुर तिवारी, कृष्णप्रसाद ढकाल र जंगबहादुर मल्ल निर्वाचित हुनुभएको सुनवल जेसीजका पूर्व अध्यक्ष उत्सव पौडेलले जानकारी दिनुभयो ।
जेसीजको विद्यानमा महासचिव, कोषाध्यक्ष, कानूनी सल्लाहकार र निर्देशकहरु अध्यक्षले मनोनीत गर्ने प्रावधान छ । वर्ष २०२१ का अध्यक्ष बासुदेव पौडेल निवर्तमान अध्यक्षको रुपमा रहनुहुनेछ। सुनवल जेसीजले दोस्रो पटक महिला अध्यक्ष पाएको हो । यसअघि सन् २०१९ मा ममता पौडेल अध्यक्ष रहनुभएको थियो । जेसीजमा एक व्यक्ति एक पद एक कार्यकाल रहने व्यवस्था छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस