२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सवारी दुर्घटनामा परि लेखापढी कानून व्यवसायी गिरीको निधन

२०७८ माघ ३, सोमबार प्रकाशित ( साल अघि) १८४६ पाठक संख्या

परासी, ३ माघ । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशन पश्चिम नवलपरासीका उपाध्यक्ष उमाशंकर गिरीको सवारी दुर्घटनामा परी निधन भएको छ ।
कार्यथलो परासीबाट बर्दघाट घरतर्फ जाँदै गर्दा पूर्व पश्चिम राजमाार्ग अन्र्तगत हरकट्टामा उनी सवार मोटरसाईकललाई माईक्रो बसले ठक्कर दिदाँ गिरी गम्भीर घाईते भएका थिए ।
उपचारको लागि पृथ्वीचन्द्र अस्पताल ल्याईएकोमा चिकित्सकले मृत्त घोषणा गरेका हुन् । प्रहरीका अनुसार बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ७१७९ नम्बरको माईक्रो बसले सोही दिशातर्फ जाँदै गरेको गिरी सवार लु ५४ प १२२ नम्बरको मोटरसाइकललाई दिउँसो साढे ४ बजे हरकट्टा पुल नजिकै ठक्कर दिएको थियो ।
परासीको मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आएका ३६ वर्षीय गिरी बर्दघाट नगरपालिका ९ भुताहा निवासी हुन् । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%२%१%५२%२%

प्रतिक्रिया दिनुहोस