२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्राम बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधारणसभा सम्पन्न

२०७८ पौष २४, शनिबार प्रकाशित ( साल अघि) ९७९ पाठक संख्या

परासी, २४ पुस । रामग्राम बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामग्राम–३ परासीको १९ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ भने आगामी कार्ययोजना पनि तय गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै रामग्राम नगरपालिकाकी उपमेयर रम्भा कुंवरले सामाजिक उत्थानमा सहकारीले महत्वपूर्ण भुमिका खेलिरहेको बताउनुभयो । सहकारीकै कारण विशेषगरी ग्रामीण क्षेत्रका विपन्न नागरिक साहु महाजनबाट चर्काे व्याजमा ऋण लिनुपर्ने बाध्यताबाट मुक्त भएको उहाँको भनाई थियो ।
उपमेयर कुंवरले सहकारीले व्यवसायिक र उत्पादनशील क्षेत्रमा लगानीलाई जोड दिनुपर्ने बताउँदै सहकारीबाट लिएको ऋणको सही सदुपयोग गरी उद्यमशील बन्न आग्रह गर्नुभयो । सहकारीका अध्यक्ष जनार्दन ठाकुरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली, सहकारीका संस्थापक अध्यक्ष सुमन गोपाल आचार्य, पूर्व अध्यक्ष मेघराज गौतम, सहकारीका उपाध्यक्ष अनिल कुमार शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
साधारणसभामा सचिव मोहन पौडेलले गत आर्थिक वर्षको कार्यप्रगति र चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, कोषाध्यक्ष चन्द्रमणि चौधरीले गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन र आगामी योजना तथा लेखा समिति संयोजक टंकराज पाण्डेयले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।
रामग्राम बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा रु एक करोड ४७ लाखको कारोबार गरी ५ लाख ४३ हजार शुद्ध मुनाफा आर्जन गर्न सफल भएको छ । सहकारीमा हाल १८७ जना शेयर सदस्य र ५५ जना बाल बचतकर्ता रहेको संस्थाले जनाएको छ । साधारणसभाको अवसरमा सहकारीले शेयर सदस्य अनिरुद्र ठाकुरलाई उत्कृष्ट बचतकर्ता, राजेन्द्र क्षेत्री खड्कालाई असल ऋणीको रुपमा सम्मान गरेको छ भने उत्कृष्ट बाल बचतकर्तातर्फ प्रथम सृष्टि गौतम, द्धितीय आयान्स चौधरी र तृतीय समृद्धि गौतमलाई नगदसहित पुरस्कृत गरिएको सहकारीका व्यवस्थापक रमा गौतमले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस