२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

समृद्धिको सपना साकार पार्न एमाले फेरि नेतृत्वमा आउँछ – केन्द्रीय सचिव विश्वकर्मा

२०७८ पौष २३, शुक्रबार प्रकाशित ( साल अघि) ६४४ पाठक संख्या

मोहन पौडेल
परासी, २३ पुस । नेकपा एमालेका केन्द्रीय सचिव छबिलाल विश्वकर्माले समृद्धिको सपना साकार पार्न नेकपा एमालेले फेरि यो मुलुकको नेतृत्व गर्ने बताउनुभएको छ । वर्तमान गठबन्धन सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको उहाँले बताउनुभयो ।
पश्चिम नवलपरासीको बर्दघाटमा नेकपा एमाले पश्चिम नवलपरासीको आठौँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै नेता विश्वकर्माले उक्त कुरा बताउनुभएको हो ।
एमालेका लुम्बिनी प्रदेश ईन्चार्ज समेत रहनुभएका विश्वकर्माले समृद्धिको अगुवाइ गर्ने पार्टी नै एमाले भएको दाबी गर्नुभयो । वर्तमान गठबन्धन सरकारले मुलुक र जनताको पक्षमा कुनै काम गर्न नसकेकोले जनताले विश्वास नगरेको बताउनुभयो ।
उहाँले पुस भित्र पार्टीलाई व्यवस्थित गरि माघ र फागुनमा जनताको माझमा जाने र पार्टी प्रवेशको लहर चलाउने बताउनुभयो ।
यस्तै एमालेका केन्द्रीय पोलिटव्युरो सदस्य बैजनाथ चौधरीले सरकारबाट बाहिरिदाँ पनि जनताको आकर्षण एमालेमै देखिएको जिकिर गर्नुभयो । एमालेले साढे तीन वर्ष केन्द्र र प्रदेश सरकारको नेतृत्व गर्दा समृद्धि र विकासका काम गर्छ भन्ने स्थापित गरेको उहाँले बताउनुभयो ।
एमाले केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज सरिता खनालले एमालेको बिरुद्धमा गठबन्धन मिलेर सरकारबाट च्युत गरेपनि जनताको नजरबाट एमालेलाई च्युत गर्न नसकेको बताउनुभयो ।
पार्टीका जिल्ला अध्यक्ष तुलसी पासीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा केन्द्रीय सदस्य एवं जिल्ला सह-ईन्चार्ज बिमला अर्याल,जिल्ला उपाध्यक्ष डोलराज भण्डारी,सचिव थानप्रसाद गैरे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियोे ।
अधिवेशन अन्तर्गत अहिले बन्द सत्र चलिरहेको छ ।बन्द सत्रले जिल्ला अध्यक्ष तुलसी पासीको राजनीतिक प्रतिवेदन,सचिव थानप्रसाद गैरेको सांगठनिक प्रतिवेदन र उपसचिव राजन आचार्यको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
जिल्ला अधिवेशनले ५ पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्दैछ । एमालेको जिल्ला अध्यक्ष पदमा दीपेन्द्र अधिकारी र थानप्रसाद गैरे,उपाध्यक्षमा डोलराज भण्डारी र लेखनाथ खरेल,सचिवमा धीरज शर्मा बस्याल र सुभाष जिसी,उपसचिव (खुल्ला ) मा राजन आचार्य र रुदल यादव,उपसचिव (समावेशी ) मा लक्ष्मी क्षेत्री र रिंगला यादवले उम्मेदवारी गर्ने चर्चा छ ।
एमाले पश्चिम नवलपरासीका उपसचिव एवं प्रचारप्रसार संयोजक राजन कुमार आचार्यका अनुसार जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव एक÷एक जना र दुई उपसचिव गरी पाँच जना पदाधिकारीमा एक महिला निर्वाचित हुने र जिल्ला कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित हुने प्रावधान छ ।
एमालेको जिल्ला कमिटीमा विभिन्न कलस्टरबाट ४९ जना समावेशीका आधारमा निर्वाचित हुनेछन् भने ५१ जना खुल्लाबाट निर्वाचित हुनेछन् । खुल्ला ५१ मध्ये १४ प्रतिशत ४० वर्ष भन्दा कम उमेरका युवाका लागि सुनिश्चित गरिएको छ ।
जिल्ला अधिवेशनमा जिल्ला भरीबाट ५६२ जना प्रतिनिधि सहभागी छन् । आज देशभर एकैसाथ भईरहेको एमालेको जिल्ला अधिवेशनको केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन सम्बोधन गर्नुभएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस