२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा लागुऔषधसहित चार युवा पक्राउ

२०७८ पौष १२, सोमबार प्रकाशित ( साल अघि) ७२६ पाठक संख्या

मोहन पौडेल
परासी, १२ पुस । पश्चिम नवलपरासी प्रहरीले लागुऔषधसहित चार जना युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा सोधपुछ गर्ने क्रममा रामग्राम नगरपालिका–११ रानीपाकडबाट लागुऔषधसहित मोटरसाईकलमा सवार चार जना युवालाई पक्राउ गरेको हो ।
भूमही–परासी सडक खण्डको रानीपाकडमा लु ४५ प ४१५३ नम्बरको मोटरसाईकललाई जाँच गर्ने क्रममा लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार मोटरसाईकल चालक नवलपरासी(बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–९ का १९ वर्षीय सुदिप सुनार र सोही मोटरसाईकलमा सवार सोही स्थानका १९ वर्षीय निश्चल घिमिरेको साथबाट ८५५ ट्याब्लेट नाईट्रोभेट फेला परेको हो ।
उनीहरुसँगै आएको अर्काे बा प ०२–०३० प ६२३९ नम्बरको मोटरसाईकलमा सवार कालिकोट खडाचक्र नगरपालिका–४ बस्ने २२ वर्षीय बिमल शाही र सोही स्थान बस्ने २२ वर्षीय रमेश अधिकारीसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिईएका चारै जनालाई आगु औषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%४%१%

प्रतिक्रिया दिनुहोस