२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

अनेरास्ववियु रामग्रामको प्रथम नगर सम्मेलन सम्पन्न, अध्यक्षमा पौडेल

२०७८ पौष ७, बुधबार प्रकाशित ( साल अघि) ७९२ पाठक संख्या

परासी, ७ पुस। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को नगर कमिटी गठन भएको छ । अनेरास्ववियुको आज परासीमा सम्पन्न प्रथम नगर सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनले सर्वसम्मत रुपमा २१ सदस्यीय नगर कमिटी गठन गरेको बताईएको छ । नवगठित अनेरास्ववियु रामग्राम नगर कमिटीको अध्यक्षमा रामप्रसाद पौडेल चयन हुनुभएको छ । नगर उपाध्यक्षमा विद्या पाठक, पुरुषोत्तम गौड, सचिवमा सोनिका पौडेल, सहसचिवमा सुर्यप्रसाद पंगेनी, नेहा गुप्ता, सन्तोष बस्याल तथा कोषाध्यक्ष कमलेश नाउँ लगायत रहनु भएको अनेरास्ववियुका जिल्ला कार्यालय सदस्य उमेश अधिकारीले जानकारी दिनुभयो।
अनेरास्ववियुका नगर संयोजक रामप्रसाद पौडेलको अध्यक्षता तथा नेकपा एमालेका जिल्ला अध्यक्ष तुलसी पासीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा एमाले जिल्ला सदस्य रामप्रसाद पाण्डे,नगर कमिटी सहसचिव सुरज यादव,अनेरास्ववियुका कार्यालय सदस्य सन्देश न्यौपाने लगायतको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस