२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

नवलपरासीमा जिल्ला लिग फुटवल शुरु

२०७८ मंसिर २०, सोमबार प्रकाशित ( साल अघि) ७७७ पाठक संख्या

 

रमेश भुसाल
२० मंसिर । पश्चिम नवलपरासीमा सोमवार देखि जिल्ला लिग फुटवल प्रतियोगीता शुरु भएको छ । जिल्ला फुटवल संघ पश्चिम नवलपरासीको आयोजना तथा जेनिथ युथ क्लवको सह आयोजनामा सुनवल ३ कृर्तिपुरको मैदानमा प्रतियोगीता संचालन भएको हो ।
नवलपरासी फुटवल संघका अध्यक्ष धन वहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन खेलमा राइजिङ स्टार सामुदायिक प्रतिस्ठान सुनवल १२ र सुर्य युवा क्लव सुनवल ८ ले पहिलो खेल २/२ गोल गरेका छन् ।
कुल ९ टिमको सहभागिता रहने र ३६ खेल खेलाईने प्रतियोगीतामा जिल्ला लिग विजेताले रु ६० हजार, कप , मेडल र प्रमाण पत्र पाउने छन भने द्धितियले रु ४० हजार , मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।
साथै उत्कृष्ट विधाहरु गोल रक्षक, रक्षापंक्ति , मध्यपक्ति, गोलकर्ता र उत्कृष्ट खेलाडिलाई पनि पुरस्कारको व्यवस्था गरिएको संघका उपाध्यक्ष तथा जिल्ला लिग २०७८ का खेल संयोजक ज्ञानु गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगीता सम्पन्न गर्न अनुमानित रकम रु ५ लाख खर्च हुने र सो रकम एन्फाको वार्षिक कार्यक्रम अनुसार लिग संचालनको लागी विनियोजित रकमबाट खर्च हुने आयोजकले जनाएको छ । त्यस्तै मंगलवार हुने पहिलो खेलमा सुर्य ज्योति युवा क्लव वर्दघाट र विग वुद्ध युवा क्लव सुनवल ६ विच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेलमा जेनिथ युथ क्लव सुनवल ३ र मनकामना युवा क्लव सुनवल १० का विच हुने जिल्ला फुटवल संघका महासचिव सुवेन्द्र कवर योगीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस