२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पन्ध्र महिना भित्रका बालबालिकालाई पूर्णखोपको पहुँच सुनिश्चितताको लागि सुक्ष्य योजना तयारी गोष्ठी

२०७८ मंसिर १७, शुक्रबार प्रकाशित ( साल अघि) ५७३ पाठक संख्या

मोहन पौडेल
परासी, १७ मंसिर । पश्चिम नवलपरासीको सरावल–१ स्थित तिलकपुर स्वास्थ्य चौकीमा आजदेखि सुक्ष्म योजना तयारी तथा पूर्णखोप सुनिश्चितता सम्बन्धि योजना तयारी गोष्ठि शुरु भएको छ । जन्मेदेखि पन्ध्र महिनासम्मका बालबालिकाले पाउनुपर्ने खोप सबै बालबालिकाको पहुँचमा पुर्याउने गरी आवश्यक सुक्ष्म योजना बनाउन गोष्ठि आयोजना गरिएको हो ।
स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीको आयोजनामा सञ्चालन गरिएको उक्त गोष्ठिमा प्रतापपुर, सुस्ता र बर्दघाटका स्वास्थ्य शाखाका संयोजक तथा स्वास्थ्य चौकीका ईन्चार्जहरुको सहभागिता रहेको छ ।
भोलीसम्म चल्ने उक्त गोष्ठिको उद्घाटन गर्दै लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक दिनेश चापागाईले लक्षित उमेर समूहका कुनै पनि बालबालिका नछु्ट्ने गरी खोप कार्यक्रमको सुक्ष्म योजना बनाउन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्यकर्मी भएकोमा गर्व महशुस गर्न पनि आग्रह गर्नुभयो ।
सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याउनका लागि सुक्ष्म योजना बनाउन गोष्ठिले सहयोग पुग्ने स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो । पश्चिम नवलपरासी जिल्ला पूर्ण खोप युक्त जिल्ला भएपनि पछिल्लो तथ्यांकमा ८६ प्रतिशत बालबालिका मात्रै पूर्ण खोपको पहुँचमा रहेको र छुटेका १४ प्रतिशत बालबालिकालाई पनि पूर्ण खोपको पहुँचमा ल्याएर खोप अभियानलाई प्रभावकारी बनाउन प्रशिक्षक प्रशिक्षण सरहको गोष्ठि सञ्चालन गरिएको पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार सबै बालबालिकालाई खोपको सहज पहुँचमा पुर्याउने गोष्ठिमा सहभागिहरुलाई आ–आफ्नो खोप केन्द्र तथा पालिकामा खोप कति आवश्यक पर्छ, खोप सामग्री कति चाहिन्छ, कुन वडामा कति खोप राख्ने लगायतका विषयमा सहजीकरण गरिनेछ । गोष्ठि पश्चात सहभागिहरुले आफ्नो पालिका क्षेत्रभित्रका खोप कार्यकर्तासँग बसेर सुक्ष्म योजना बनाउनेछन् ।
गत वर्ष लगाईएको खोपको संख्याको आधारमा थप छुटेका बालबालिकालाई कसरी समावेश गर्ने , छुट्नुको कारण अध्ययन विश्लेषण गरी योजनाको तयारी गरिने स्वास्थ्य कार्यालयका खोप अधिकृत ओमप्रकाश पन्थीले बताउनुभयो । खोपसँगै सरसफाइ अभियानलाई पनि जोड दिईएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख पोखरेल, खोप अधिकृत पन्थी, त्रिलोकी सिंह, युनिसेफ तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुले सहजीकरण गर्ने स्वास्थ्य कार्यालयका लेखा अधिकृत नारायण भट्टराईले जानकारी दिनुभयो । कार्यालयले दोस्रो चरणमा रामग्राम, सुनवल, पाल्हीनन्दन र सरावलका स्वास्थ्य संयोजक र स्वास्थ्य चौकीका प्रमुखका लागि मंसिर २० र २१ गते बर्दघाटमा गोष्ठि सञ्चालन गर्ने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस