२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

माओवादी केन्द्रले शनिबार पश्चिम नवलपरासीका सबै पालिकामा अधिवेशन गर्दै

२०७८ मंसिर १०, शुक्रबार प्रकाशित ( साल अघि) १०२८ पाठक संख्या

परासी, १० मंसिर। नेकपा माओवादी केन्द्रले पश्चिम नवलपरासीका सातै स्थानीय तहमा शनिबार भोली एकैदिन पालिका अधिवेशन गर्र्दैछ । पार्टीको राष्ट्रिय सम्मेलन अन्र्तगत भोली मंसिर ११ गते सबै पालिकामा एकैसाथ अधिवेशन गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।
पश्चिम नवलपरासीका तीन नगरपालिका र चार गाउँपालिकामा भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको माओवादी केन्द्र्रका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादले जानकारी दिनुभयो । अधिवेशन अन्र्तगत वडाबाट छानिएर आएका नगरमा दुई सय र गाउँपालिकामा डेढ सय प्रतिनिधि, साविक नगर र गाउँकमिटी आयोजक प्रतिनिधिको रुपमा सहभागि हुने उहाँले बताउनुभयो ।
माओवादी केन्द्रले नगरमा ५९ जना निर्वाचित र ६ जना मनोनित गरी ६५ सदस्यीय तथा गाउँपालिका कमिटीमा ४९ निर्वाचित र ६ जना मनोनित गरी ५५ सदस्यीय कमिटी निर्माण गर्नेछ भने महिला, दलित, मुस्लिम, युवाको लागि कलस्टर तोकिएको माओवादी केन्द्र सुनवल नगर सचिव भोला पराजुलीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस