२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

जनकल्याण बहुृउद्देश्यीय सहकारीको २२ औँ साधारणसभा र आठौँ अधिवेशन सम्पन्न

२०७८ मंसिर ४, शनिबार प्रकाशित ( साल अघि) ८५८ पाठक संख्या

परासी, ४ मंसिर। जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुनवल–६ विशासयको २२ औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन आज सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष थानप्रसाद गैरेको अध्यक्षता तथा जिल्ला सहकारी संघका सञ्चालक सदस्य डिल्लीराज पाण्डेयको प्रमुख आतिथ्यमा भएको उक्त सभाले सञ्चालक समिति र लेखा समितिबाट प्रस्तुत वार्षिक प्रतिवेदनहरु पारित गर्नुका साथै सहकारीको सञ्चालक समिति पुनःगठन पनि गरेको छ ।
नवगठित समितिको अध्यक्षमा पुनः थानप्रसाद गैरे,उपाध्यक्षमा पदमप्रसाद काफ्ले, सचिवमा ओमकान्त तिमिल्सिना, कोषाध्यक्ष रमेश कुमार भुसाल, सदस्यमा लक्ष्मी पाण्डेय, लक्ष्मी पाठक, पुष्पा बस्याल, हिमलाल शर्मा चापागाई, विनोद घिमिरे, गणेश पौडेल, रुमकला पाण्डे तथा लेखा समितिको संयोजकमा दयाराम भण्डारी, सदस्यमा यज्ञप्रसाद पाठक, सिता कुंवर चयन हुनुभएको छ ।
साधारणसभाको उद्घाटन शत्रमा संस्थाका सल्लाहकार संयोजक रुक्मागत बस्याल, जनसेवा माविका अध्यक्ष टीकाराम तिमिल्सिना, नेपाल रेडक्रस सोसाईटी सुनवल उपशाखाका सभापति गोपाल शर्मा, सर्वांगिण कृषि सहकारी संस्थाका अध्यक्ष खगराज उपाध्याय लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। सचिव ओमकान्त तिमिल्सिनाको सञ्चालन, उपाध्यक्ष पदम काफ्लेको स्वागत रहेको उक्त सभामा अध्यक्ष गैरेले वार्षिक प्रतिवेदन, लेखा समिति संयोजक दयाराम भण्डारीले लेखा प्रतिवेदन, सचिव तिमिल्सिनाले प्रगति प्रतिवेदन,कोषाध्यक्ष रमेश भुसालले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
२०५७ सालमा स्थापना भई सुनवल नगरपालिका कार्यक्षेत्र रहेको यस सहकारीमा शेयर पुँजी रु दुई करोड २ लाख ३२ हजार, कूल लगानी रु १२ करोड १९ लाख २८ हजार रहेको छ भने एक हजार ८१९ जना शेयर सदस्य रहेको मुल्य व्यवस्थापक दीनेश कंवरले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस