२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पूर्वमाओवादी पृष्ठभूमिका भण्डारी एमालेमा लोकप्रिय बन्दै,सर्वाधिक मतका साथ महाधिवेशन प्रतिनिधि चयन

२०७८ कार्तिक ३०, मंगलबार प्रकाशित ( साल अघि) १६७८ पाठक संख्या

भूमही, ३० कात्तिक । नेकपा एमाले पश्चिम नवलपरासीका उपाध्यक्ष डोलराज भण्डारीलाई एमाले कार्यकर्ताले उच्च सम्मानका साथ महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत प्रदान गरी विजयी गराएका छन् । पूर्वमाओवादी पृष्ठभूमिका भण्डारी एमालेमा छोटो समयमै स्थापित हुन सफल हुनुभएको हो ।
एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागि हुने महाधिवेशन प्रतिनिधि छनौटको क्रममा पश्चिम नवलपरासीको क्षेत्र नं. २ मा डोलराज भण्डारीले सर्वाधिक मत प्राप्त गरी विजयी हुनुभएको हो ।
नेकपा एकता विघटन भई एमाले र माओवादी केन्द्र बनेपछि भण्डारीले एमाले रोज्नुभएको थियो । एमालेको यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि प्रतिनिधि छनौटको क्रममा सहमति नजुटेपछि भएको निर्वाचनमा भण्डारीले सर्वाधिक मत प्राप्त गर्नुभएको हो । उहाँले सबैभन्दा धेरै मत अर्थात १२६७ मत प्राप्त गर्नुभएको थियो ।
एमाले कार्यकर्ताहरुले भण्डारीलाई उच्च सम्मान दिदैँ सर्वाधिक मत प्रदान गरी पार्टी एकताको सन्देश मात्र दिएनन् एमालेमा अन्य पार्टी परित्याग गरी आउने नेता कार्यकर्तालाई उच्च सम्मान तथा अवसर दिईन्छ भन्ने सन्देश पनि प्रवाह गरेको पूर्वमाओवादीबाटै एमालेमा आएका नेताहरुको भनाई छ । समृद्ध नेपाल निर्माणको लागि एमालेको विकल्प नभएकोले अन्य पार्टीमा रहनुभएकालाई पनि एमालेमा आउन भण्डारीले आग्रह गर्नुभएको छ ।
उहाँले आफूलाई सम्मानका साथ मतदान गरी विजयी बनाउनुभएका सबै मतदाता,नेता कार्यकर्तालाई धन्यवाद पनि दिनुभएको छ । सामाजिक क्षेत्रमा समेत अग्रणी भूमिका खेल्दै आउनुभएका भण्डारी एमालेमा लोकप्रिय नेताको रुपमा परिचित हुनुभएको छ । सबैसँग मिल्ने, नम्र बोली, प्रखर वक्ता र कार्यकर्ताको भावना बुझ्न सक्ने नेताको रुपमा स्थापित भण्डारी एमालेमा सम्भावना बोकेका उदयीमान युवा नेता भएको एमाले कार्यकर्ता बताउँछन् ।
रामनगर जेसीजको संस्थापक अध्यक्ष, सामुदायिक रेडियो दाउन्ने एफएमका पूर्व अध्यक्ष, जनता सम्झौता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लगायत थुप्रै सामाजिक संघ संस्थामा क्रियाशिल भण्डारी सुनवलको भूमही निवासी हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२७%३२%७%३%

प्रतिक्रिया दिनुहोस