२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पाल्हीनन्दन–२ को वडा कार्यालय भवन उद्घाटन, विकासले गति लिएको छ – अध्यक्ष गुप्ता

२०७८ कार्तिक २९, सोमबार प्रकाशित ( साल अघि) ८०२ पाठक संख्या

परासी, २९ कात्तिक । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले जनताको सेवा र सुविधाका लागि स्थानीय सरकारको आफ्नै भवन हुनुुपर्ने बताउनुभएको छ । आफ्नै वडा वा गाउँपालिका भवन नहुँदा सेवा प्रवाहमा असहजता हुने उहाँले बताउनुभयो ।
पाल्हीनन्दन गाउँपालिकाको वडा नं. २ को नवनिर्मित वडा कार्यालय भवनको आज हरपुरमा उद्घाटन गर्दै अध्यक्ष गुप्ताले गाउँपालिकाको विकासले गति लिएको बताउनुभयो । उहाँले गाउँपालिकाको आफ्नै भवन, तीन वटा वडाको आफ्नै वडा कार्यालय भवन निर्माण गर्न सफल भएको बताउँदै शिक्षा, स्वास्थ्य, कृषि,गरीबी निवारणमा उल्लेख्य सुधार भएको बताउनुभयो ।
पाल्हीनन्दन–२ का वडाध्यक्ष रामनागिना सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पावित्री कोंहारले नयाँ भवनसँगै अव वडा कार्यालयबाट सेवा प्रवाह गर्न र सेवा ग्रहण गर्न सेवाग्राहीलाई पनि सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस